काठमाडौँ बेशाख १२ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रीपरिषद् ैठक बोलाएका छन् । सरकारले यस अघि जारी गरेको अध्यादेशले पार्टी भित्र र बाहिर चर्को आलोचना भईरहेका बेला यसैका बिषयमा छलफल र निर्णय हुन सक्ने बताईएको छ ।
बैठक ११ बजे पछि बालुवाटारमा बस्ने छ ।
सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार बिहानको भेटमा प्रधानमन्त्री ओलीले आफू अध्यादेश फिर्ता लिन तयार रहेको बताएका थिए।
बिहीबार नै नेकपाका ६ सचिवालय सदस्यको बैठकले पनि अध्यादेश फिर्ता लिनुपर्ने माग गरेको थियो। साथै कोरोना नियन्त्रण र रोकथाम लगायतका बिषयमा समेत छलफल हुनुका साथै लकडाउन के गर्ने भन्ने बिषयमा समेत छलफल हुने बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline