नेपाली रेष्टुरेन्टमा अर्डर गरेर खान आउन नभ्याए पछि पैसा र चिट्ठी हुलाकबाट पठाए जापानीले !

नेपाली रेष्टुरेन्टमा अर्डर गरेर खान आउन नभ्याए पछि पैसा र चिट्ठी हुलाकबाट पठाए जापानीले !

  • शुक्रबार, बैशाख १२, २०७७
  • फुर्वा शेर्पा ,जापान

  • 17K
    SHARES

सभ्यता,आचारण र अनुशासनमा जापानीहरु सदैव अगाडि हुन्छन यो धेरै जसोलाइ जानकारी नै भएको कुरा हो । जापानमा रेल चढ्दाहोस या कोन्विनी स्टोर ,सुपरमार्केट ,स्कुल ,कलेज ,बिभिन्न कम्पनि ,कार्यलयहरु ,होटल ,रेष्टुरेन्ट आदि ठाउँहरुमा जापानीहरुले एकअर्कामा गरिने सद्भाव र ब्यबहार अनुकरणीय हुन्छ ।
यस्तै एउटा अनुकरणीय र इमान्दारिता प्रस्तुत गरेको छ योकोहामा स्थित पुर्णिमा नेपाली तथा इन्डियन रेष्टुरेन्टमा आएका एक जना जापानी ग्राहकले ।
उनले गत २१ तारिक मंगलबार साँझको ६ ः३० समयमा फोन गरेर बटर चिकन नान ,साँग खारे ,किमा खारे ,चिज नान र सलाद गरी ५प्रकारको खानेकुरा अर्डर गरेका थिए ।
तर प्राबिधिक कारणले उनि रेस्टुरेन्ट सम्म आउन नपाउने भएछन । र फेरी उनको फोन आयो । ुम अहिले आउन सकिन, अघि मैले अडरगरेको खानाको पैसा बैंक मार्फत भुक्तानी गर्छु रेस्टुरेन्टको खाता नम्बर दिनुसु भनेका थिए त्यतिखेर म योकोहामा स्थित रेस्टुरेन्ट मै थिए । जापानी ग्राहकलेहामिले आउन नसक्ने नै भएपछी पैसा पर्दैन, ठिकै छ भन्यौ । तर ग्राहकले खाममा पैसा राखेर हुलाक मार्फत पठाउनु भएको रहेछ । पैसा हिजो बिहीबार बिहान आइपुग्यो रेस्टुरेन्ट संचालक प्रकाश पौडेलले खुसी हुदै बताउनुभयो ।

जापानी नागकिले खाना नखाए पनि पठाएको पैसा र माफि मागेको पत्र ः तस्वीर फुर्वा

पैसा सहित उनले चिठी लेखेर माफी मागेका छन्। खाममा अडर बमोजिम लाग्ने पैसा भन्दा २ हजार येन बढी पैसा छ तर खाममा उनकोनाम ठेगाना केहि पनि छैन पत्र ग्राहकले नजिकै रहेको चुजुकी कु बाट पठाइएको भएपनि बिस्तृतमा थाह पाउन नसकेको र कल डिटेलहेरेर धन्याबाद दिन्छु ,ग्राहकको इमान्दारिता र जापानी शैली देखेर अचम्म मानिरहेको छु संचालक पौडेलले बताउनु भयो ।

जापानमा रहेको नेपाली रेष्टुरेन्ट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी