नेपालमा कोरोना अपडेटः ४८ संक्रमित, १० जना निको डिस्चार्ज, हेर्नुस् बिस्तृतमा

नेपालमा कोरोना अपडेटः ४८ संक्रमित, १० जना निको डिस्चार्ज, हेर्नुस् बिस्तृतमा

  • बिहिबार, बैशाख ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ वैशाख ११ । थप ३ जनामा संक्रमण भेटिएसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ ।
बिहिवार कोभिड–१९ को परीक्षणका क्रममा भोजपुर, उदयपुर र जनकपुरमा एक महिला सहित दुई पुरुषमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

भोजपुरका २६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ । उहाँले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा भोजपुर हतुवागढीका पुरुषमा कोभिड–१९ को संक्रमण देखिएको बताउनुभयो । ति सङ्क्रमितलाई आइसोशनमा राखिएको छ ।

उनी गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएका हुन् । यसअघि बिहिवार नै जनकपुरका १४ वर्षीय पुरुष र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ३ भुल्केकी ५५ वर्षीया महिलामा सङ्क्रमण देखिएको थियो ।
यो सँगै उदयपुर भुल्केमा संक्रमितको संख्या २९ पुगेको छ । त्यहाका सबै कोरोना संक्रमितको विराटनगरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी अहिलेसम्मको अपडेटमा आइसोलेसनमा देशभरी ८६ जना रहेका छन्। काठमाडौँमा ४ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर ८६ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार देशभर १० हजार ५७३ क्वारेन्टाईनमा छन् ।

बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ३४ हजार ५ सय २३ र पीसीआर विधिबाट ९ हजार १ सय ९९ गरी जम्मा ४३ हजार ७ सय २२ वटा नमुना परीक्षण भएका छन्।

गत २४ घन्टामा ३ हजार ३ सय ५ नयाँ नमुना परीक्षण गरिएको छ । सबै प्रदेशबाट आरडीटी परीक्षण भइरहेको छ। प्रदेश १ मा ३ हजार ५ सय ९२, प्रदेश २ मा ४ हजार ५ सय २९, बागमतीमा ६ हजार १ सय ५५, गण्डकीमा ४ हजार ५सय ५५, प्रदेश ५ मा २ हजार ७ सय ५६, कर्णालीमा ४ हजार ७ सय ३५ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८ सय ३५ वटा नमुना परीक्षण गरिएको छ।

यस्तै नेपालमा कोरोना संक्रमित बिरामि निको भएर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या पनि दिनप्रति दिन बढिरहेको छ। बिहीबार तीन जनाको डिस्चार्ज भएसँगै निको हुनेको संख्या १० पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा देवकोटाले बिहिवार पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला निको भएर घर फर्किएको बताउनु भयो ।

उनीहरु पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्दै आएका थिए । उनीहरुलाई वैशाख दुई गते कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी बिहीबार नै धनगढीको सेती अस्पतालमा उपचार गराइरहेकी ६५ वर्षीया महिलासमेत ११ दिन उपचार गराएर डिस्चार्ज भएकी छन् ।

हालसम्म डिस्चार्ज हुनेमा काठमाडौंका ३ धादिङका १, बागलुङका १ र धनगढीका चारजना रहेका छन्। एकजना फागुन महिनामै डिस्चार्ज भइसेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ