बिन्दवासिनी –३ मा राहत वितरणमा अनियमित्ता भएको भन्दै स्थानियद्धारा बिरोध, वितरण कार्य स्थगित

बिन्दवासिनी –३ मा राहत वितरणमा अनियमित्ता भएको भन्दै स्थानियद्धारा बिरोध, वितरण कार्य स्थगित

  • बिहिबार, बैशाख ११, २०७७
  • दिपक चौरसिया

  • 12.4K
    SHARES

वीरगंज ११ बैशाख ।
पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं. ३ मा रहेका गरिब, अतिविपन्न परिवारलाई राहत वितरण कार्यमा अनियमित्ता भएको भन्दै स्थानियको विरोध पछि स्थगित भएको छ ।

वडा नं. ३ का वडामा रहेका अतिविपन्न तथा गरिबहरुलाई सर्वदलित समितिले १३५ जनाको नाम छनौट गरेकोमा आज वितरण सुरु गर्दा राहत वितरणको लागि बनाईएको प्याकेटमा समान रुपले सामग्रीहरु नरहेको देखेपछि स्थानियहरुले बिरोध गरेका थिए । बिरोध भए पछि राहत कार्य स्थगित भएको छ । राहतको लागि बनाईएको प्याकेटमा कुनैमा तेल थिएन, त कुनैमा दाल तथा अन्य सामग्रीहरु पनि नरहेको स्थानियहरुले हेरेपछि बिरोध भएको स्थानिय जयप्रकाश चौरसियाले बताए ।

                                    राहत लिन पुगेका स्थानीय 

गाउँपालिकाबाट वडा नं. ३ का वडध्यक्ष सलमा खातुनका श्रीमान हनिफ अंसारीले १० लिटर तेल चोरेर घर लगे पछि राहत साम्रगीमा कमी भएको स्थानिय चौरसियाले बताए । यसरी गरिब, बिपन्नहरुको लागि ल्याईएको सामग्री चोरी गरेका व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही गर्न स्थानीयहरूले माग गरेका छन् ।

            विपन्न तथा मजदुरलाइ बाड्न राखिएकाे खाध्यान्ह ।

“राहतको लागि हामीलाई बोलाई समय खेर फालेको तथा भिडभाड समेत गराएका थिए” भन्दै स्थायीनहरुले “वडा कार्यालयले राहत वितरणमा अनियमित्ता गरेकाहरु माथि आवश्यक छानबिन गरी कारवाही गर्नु पर्ने माग गरे ।”

सो सम्बन्धमा गाउँपालिकाका प्रशासकीय अधिकृतसँग सम्पर्क गर्दा उनको मोबाईल स्विच अफ रहेको छ ।
                वितरणका लागि तयारी अवस्थामा राखिएकाे तरकारी ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ