उदयपुरमा काेराेना नियन्त्रण प्रभावकारी बनाउन नेता खाणकाे जाेड, स्वास्थ्यमन्त्रीसँग फाेनसंवाद

उदयपुरमा काेराेना नियन्त्रण प्रभावकारी बनाउन नेता खाणकाे जाेड, स्वास्थ्यमन्त्रीसँग फाेनसंवाद

  • बिहिबार, बैशाख ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

काठमाडौं, ११ वैशाख ।  नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले काेराेनाकाे केन्द्र बन्दै गएकाे उदयरपुरमा संक्रमणा नियन्त्रण तथा राेकथामका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गर्नुभएकाे छ ।

बिहिवार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालबीच टेलिफान संवाद गरि उदयपुरमा फैलदैँ गएकाे काेराेना संक्रमण राेकथाम र निन्त्रण गर्नका लागि आवश्यक सबै स्वास्थ्य सामग्री र उपकरण जिल्लामा उपलब्ध गराउन  आग्रह गर्नुभएकाे हाे ।

खाणले स्वास्थ्य मन्त्रीसँगकाे फाेन संवादमा उदयपुरमा उच्च सतर्कता अपनाई केन्द्रीयस्तरको विशेषज्ञ उपचार एवं परिक्षण टोली परिचालनका साथै कोरोना भाइरसको परिक्षण गर्ने पिसिआर मेशिन जडान तथा आवश्यक स्वास्थ्य सामग्री र उपकरणको व्यवस्था गर्नुपर्ने विषयमा विशेष जोड दिएकाे  दलको कार्यालयका अधिकृत विजयेन्द्र वीर आलेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उहाँहरूबीच उदयपुरमा कोराना भाइरस महामारी प्रकोप बढ्दै गइरहेको सन्दर्भमा सरकारद्वारा हालसम्म  नियन्त्रण, परिक्षण तथा उपचारमा भएको पहलबारे कुराकानी भएको छ, विज्दञप्लतिमा भनिएकाे छ ।

साथै नेता खाणले मन्त्री ढकालसँग जिल्लामा सरकारद्वारा हालसम्म गरिएका कोरोना भाइरस रोग नियन्त्रण, परिक्षण तथा उपचारबारे पनि जिज्ञासा राख्नु भएकाे थियाे । जवाफमा  स्वास्थ्य मन्त्री ढकालले खाणलाई पिसिआर मेशिन जडानबारे शीघ्र आवश्यक व्यवस्था गर्ने बताउनु भएकाे थियाे ।

त्यसैगरी काँग्रेसकी प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारले आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुग्नु भई स्वास्थ्य राज्यमन्त्री नवराज रावतसँग भेट गरी उयदपुरमा व्यापक रुपमा कोरोना भाइरस परिक्षणको दायरा बढाउन आग्रह गर्नुभएकाे थियाे ।

यसका साथै उदयपुरबाट परिक्षण ल्याब टाढा रहेकोले परिक्षण कार्यमा ढिलाइ हुने हुँदा जिल्लामा नै परिक्षण ल्याब स्थापना गर्नुपर्ने र परिक्षण किटको अभाव भएको हुँदा तत्काल उपलब्ध गराउनु पर्नेबारे सांसद परिवाले राज्यमन्त्रीको ध्यानाकर्षण गराउनु भयाे ।

परियारले स्वास्थ्य सचिव यादव प्रसाद कोइरालालाई समेत भेट गरी उदयपुरलाई उच्च प्राथमिकतामा राखी आवश्यक प्रबन्ध मिलाउन आग्रह गर्रनुभएकाे थियाे । राज्य मन्त्री र सचिवले उदयपुरको विषयमा स्वास्थ्य मन्त्रालय अत्यन्त गम्भीर रहेको र आवश्यक परिक्षण किट जिल्लामा पठाइसकेकोबारे जानकारी गराएका थिए ।

राज्य मन्त्री र सचिवले साथै परिक्षण ल्याव स्थापनाका लागि आवश्यक पिसिआर मेशिन जाडनका लागि यथाशीघ्र पहल गर्ने बताएको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ