आफ्नो बाबुको अन्तिम सास नजाउन्जेल तीस घण्टा सम्म फोन बोकेर भावुक भईन् यी छोरी

आफ्नो बाबुको अन्तिम सास नजाउन्जेल तीस घण्टा सम्म फोन बोकेर भावुक भईन् यी छोरी

  • बिहिबार, बैशाख ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

कोरोनाका कारण दुनियाभर धेरै मानिसले आफ्ना प्रियजनहरु गुमाईरहेका छन् । त्यस्तो अवस्थामा धेरैको ज्यान गएको छ जतिखेर उनका आफन्तहरु छेउमा बस्न पाउदैनन् । । एबी एडेयर रीनहार्डका बाबु पनि न्यूयोर्क अमेरीकाको एउटा अस्पतालमा अन्तिम सास लिदै थिए । त्यतिखेर उनले आफ्नो बाबुसगँ अन्तिम पलमा कुरा गर्ने चाहना राखिन् । यही बेला एउटी नर्सले उनलाई मद्धत गरिन् र फोनबाट उनीसगँ कुरा गराईन् । एवी र उनका तीन भाईबहीनीले ३० घण्टा भन्दा बढी समय कुरा गरिरहे । त्यतिबेला सम्म उनीहरु बोलिरहे जब सम्म उनीहरुका पिताले अन्तिम सास लिएनन् । रीनहार्डले भनिन्, मलाई थाहा थियो कि म मेरो पितासगँ अन्तिम पटक कुरा गर्दैछु ।
उनले तीस घण्टा पनि आफुहरुको लागि निकै कम थियो भनिन् । उनलाई देख्न सकिदैन थियो । उनको हात समाप्त पाईने थिएन । अन्तिम क्षणमा उनको आवाज सुन्न …म यसको बयान गर्न सक्दिन । भावुक हुदै उनले भनिन् । ती छोराछोरीहरुले उनीहरुको बाबुको कुरा एक अर्कामा साझा गरे । उनीहरुले आफ्ना पिताका लागि प्रेमको गीत गाए ।
उनले भनिन्,यो तीस घण्टा पनि हाम्रो लागि कम थियो । हामी हरेक राम्रो क्षणलाई पितासगँ शेयर गर्न चाहन्थ्यौँ । तर उनले सास फेर्न गाह्रो भएको महसुस गथ्र्यौ हामी । तै पनि बाबुको सास फेराई सुनेर हामी उनी जीवित रहेकोमा खुसी हुन्थ्यौँ ।

अमेरीकामा एक संक्रमित वृद्धासगँ उनका छोराछोरीले प्राण जानु अघि सम्म घण्टौ कुरा गरेको यो दर्दनाक खबर अमेरीकी समाचार संस्था सिएनएनले प्रकाशित गरको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ