महेश बस्नेतदेखि पूर्व आईजिपी खनाल सम्म डा. यादबलाई जबरजस्ती जनकपुरबाट काठमाण्डौं ल्याउनेमा संलग्न भएको खुलासा

महेश बस्नेतदेखि पूर्व आईजिपी खनाल सम्म डा. यादबलाई जबरजस्ती जनकपुरबाट काठमाण्डौं ल्याउनेमा संलग्न भएको खुलासा

  • बिहिबार, बैशाख ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

बैशाख ११ काठमाण्डौं । पूर्व स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र यादवलाई उठाएर जनकपुरबाट काठमाण्डौको मेरीयट होटलमा ल्याउने काममा भक्तपुरका सांसद महेश बस्नेत, तनहुका सांसद किसन श्रेष्ठ र पूर्व आईजिपी सर्वेन्द्र खनाल संलग्न भएको देखिएको छ ।
हिजोदेखि मेरियट होटलमा एक हिशाबले थुनिएका समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले त्याहाँ बाट फुत्किए पछि आफूलाई कसरी जनकपुरबाट ल्याईयो भनेर बताएका छन् ।
जस अनुसार समाजवादी पार्टी विभाजन गर्न सात जना सांसाद चाहिनेमा ६ जना मात्रै भए पछि डा. यादवलाई एक हिशाबले जबरजस्ती तीनै जना जनकपुर पुगेर ल्याएको देखिएको छ ।
पूर्व आईजिपि खनालले कुनै एउटा पार्टीका लागि यस्तो फोहोरी खेलमा सामेल भएकोमा संगठनको पनि बदनाम हुने र उनको छवि समेत कमजोर बनेको विष्लेषण शुरु भएको छ ।
डा. यादवले प्रधानमन्त्रीले काठमाण्डौंमा भेट्ने भनेको खबर पाए पछि लकडाउन पछि भेट्छु भन्दा समेत धर नदिई ल्याएको बताएका छन् ।
उनलाई प्रधानमन्त्री ओलीले फोनमा सबै व्यवस्था काठमाण्डौमा भईसकेको भनेर बताएको पनि डा. यादवले बताए ।
यति सम्म कि गाडीमै फोन छुटेर जनकपुर हिडेँका डा. यादवलाई घरमा समेत फोन गर्न नदिई अपहरण शैलीमा काठमाण्डौ जबरजस्ती ल्याएको समाजवादी पार्टीका नेताहरुको आरोप छ ।
यसलाई समाजवादी पार्टीले सांसदलाई सरकारले अपहरण गरेको भनेर हिजै सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक गरेको थियो ।
ओलीको अध्यादेशलाई सफल पार्न गरिएको यो कार्य निकै गंभीर र निन्दनीय भएको आलोचना शुरु भएको छ ।
यस प्रकरणमा संलग्नहरुमाथि कार्बाहीको समेत माग शुरु भएको छ । प्रतिक्षा गरौं सरकारले के गर्नेछ । तर यो ईतिहासको अध्यायमा एउटा अपराधको रुपमा लेखिने भने पक्का छ । यति गरीसके पछि डा. यादव नेकपामा प्रवेश गरेको वा नयाँ पार्टी वनाउन सफल भएको भए फरक हुन्थ्यो तर यो असफलताले प्रधानमन्त्री स्वयंको पनि नैतिकतामाथि निकै ठूलो प्रश्न उठ्ने देखिन्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ