निर्वाचन आयोगमा दर्ता भयो जनता समाजवादी पार्टी

निर्वाचन आयोगमा दर्ता भयो जनता समाजवादी पार्टी

  • बिहिबार, बैशाख ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

वैशाख ११, काठमाडौँ । समाजवादी पार्टी र राजपाबीचको एकतापछि बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान निर्वाचन आयोगमा दर्ता भएको हो ।

नयाँ दल दर्ता गर्न कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका नेता पुगेका थिए।

बुधबार मध्यराति राजपा र समाजवादीबीच एकताको सहमति भएको थियो। राजनीतिक दल विभाजनका लागि बाटो खोल्ने गरी सरकारले अध्यादेश जारी गरेलगत्तै समाजवादीका असन्तुष्ट नेताहरू पार्टी छोड्ने तयारीमा थिए।

बिहीबार बिहानसम्म पार्टीबाट नेताहरू अलग्गिने सूचना पाएपछि समाजवादी र राजपाले बुधबार राति करिब ११ बजे एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

निर्वाचन आयोगमा एकीकृत पार्टीका रुपमा ‘जनता समाजवादी पार्टी’ नाममा दर्ता भएको छ। झन्डा यसअघि समाजवादीले प्रयोग गरेको हुनेछ भने चुनाव चिह्न राजपाले प्रयोग गर्दै आएको ‘छाता’ हुनेछ।

जनता समाजवादी पार्टीका नेताहरुले आफूहरुको पार्टी विभाजन गर्ने प्रधानमन्त्री ओलीको गलत कदमलाई परास्त गरेको दाबी गरेका छन् । रेणु यादव सहितका केही सांसदहरुलाई सरकारले मेरियट होटलमा थुनेको समाजवादी पार्टीका नेताहरुको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ