नयाँ दल दर्ताका लागि राजपा र समाजवादीका नेताहरु निर्वाचन आयोगमा

नयाँ दल दर्ताका लागि राजपा र समाजवादीका नेताहरु निर्वाचन आयोगमा

  • बिहिबार, बैशाख ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

दल दर्ताका लागि राष्ट्रिय जनता पार्टी  र समाजवादी पार्टीका नेता निर्वाचन आयोगको कार्यालय पुगेका छन् । दुवै पार्टी एकता भएपछि अहिले दल दर्ताका लागि नेताहरु निर्वाचन आयोग पुगेका हुन् । जनता समाजवादी पार्टी दर्ताका लागि राजेन्द्र श्रेष्ठलगायत नेताहरू अहिले कान्तिपथस्थित आयोग कार्यालयमा पुगेका छन्।

नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ ।  निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेताहरुले दल दर्ताका लागि आवश्यक कागजातको तयारी गरिरहेका छन् ।

एकतापछि नयाँ पार्टीको झण्डा भने समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ भने चुनाव चिह्न राजपाले प्रयोग गरेको छाता राख्ने सहमति भएको छ । बुधबार राती भएको सहमतिमा राजपाका तर्फबाट महन्थ, ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले सोमबार मात्र मन्त्रिपरिषद् बैठकबाट दल विभाजन खुकुलो हुनेगरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि बुधबार राती राजपा र समाजवादीबीच एकता भएको हो । संघीय संसदमा राजपा र समाजवादीका १७-१७ सांसद रहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ