समाजवादीका सांसदलाई सरकारले मेरियट होटलमा थुनेको दावी , जबरजस्ती भागेर निस्किए डा. यादव

समाजवादीका सांसदलाई सरकारले मेरियट होटलमा थुनेको दावी , जबरजस्ती भागेर निस्किए डा. यादव

  • बिहिबार, बैशाख ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, बैशाख ११ । समाजवादी पार्टी फुटाउन सरकारले सम्पूर्ण संयन्त्र लगाएर समाजवादी पार्टीका सांसदलाई काठमाडौंको मेरियट होटलमा थुनेको आरोप लागेको छ ।

समाजवादी पार्टी विभाजनको तयारी गरिरहेका केही नेता र सांसदलाई काठमाडौँको मेरियट होटलमा सरकारी घेरामा ‘बन्धक’ जसरी राखिएको आरोप समाजवादीका नेताहरुले लगाएका हुन् ।

समाजवादीका नेता विश्वदिप पाण्डेले केही सांसदलाई डर, केहीलाई मन्त्री पद र केहीलाई आर्थिक लगायत प्रलोभन देखाएर राखिएको जानकारी दिए । होटलमा रेणु यादव, इस्तियाकराई सहितको टीमलाई राखिएको जानकारी दिँदै उनले केही नेता भने सरकारी घेरा तोडेर निस्कन सफल दाबी गरेका छन् ।

हिजोदेखि अपहरण गरिएका भनिएका पूर्वस्वास्थ्य मन्त्री समेत रहेका डा. सुरेन्द्र यादव भने बिहीबार बिहान मेरियटबाट सरकारी घेरा तोडेर निसक्न सफल भएको पाण्डेले बताएका हुन् ।

पार्टीका नेताहरु डा.बाबुराम भट्टराई लगायतले ‘बन्धक’ जसरी राखिएका नेताहरुको उद्धारका लागि प्रयास गरिरहेको पनि उनले जनाएका छन् । समाजवादी पार्टी विभाजनका लागि ७ जना सांसदले अन्तिम तयारी गरिरहेका थिए ।

आफ्नो पार्टी विभाजन गर्नकै लागि प्रधानमन्त्रीले दल विभाजन अध्यादेशसमेत ल्याएपछि समाजवादी र जनता पार्टीले बुधबार मध्यरातमै पार्टी एकताको घोषणा गरेका थिए ।

हिजो बेलुका कसरी अपहरण भयो, प्रशासनबाट के के दुःख भोग्नुपर्यो, प्रमले राती फोनमा के भन्नुभो, विहान होटलबाट कसरी भागें भनेर सांसद डा. सुरेन्द्र यादवले जानकारी गराएको पनि पाण्डेले बताएका छन् ।

अहिले अशोक राई लगायतका नेताहरु मेरियट होटलमा थुनिएका नेताहरुको उद्धार गर्न पुगेको पान्डेको दाबी छ ।

पाँचतारे मेरियट होटल, नक्सालमा समाजवादी पार्टीका सांसदहरुलाई प्रमको तर्फबाट हिजोबाट खान बस्न सबै व्यवस्था गरिएको र उनीहरुलाई ७०१–७१५ सम्मका कोठामा राखिएको पनि उनले बताए ।

त्यहाँ राखिएकाहरुलाई केहीलाई डर र केहीलाई आर्थिक लगायत प्रलोभन देखाएर राखिएको र यस कार्यका लागि पूर्व आइजिपी सर्वेन्द्र खनाल, महेश बस्नेत र व्यापारी किसान श्रेष्ठ संलग्न रहेको आरोप पनि पाण्डेको छ ।

तीनै जनाले काठमाडौंबाट प्रमको निर्देशनमा सुरेन्द्र यादवलाई मन्त्री बनाउने हो हिंड्नुस भन्दै सरकारी गाडीमा राखेर काठमाडौ ल्याइएको र प्रधानमन्त्रीसँग फोनमा कुरा गराइएको जानकारी पाण्डेले दिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ