ट्रम्पद्धारा ग्रिनकाल्ड निलम्बन गर्ने आदेशमा हस्ताक्षर, अब ग्रिनकार्ड लिएकामाथि के असर पर्ला ?

ट्रम्पद्धारा ग्रिनकाल्ड निलम्बन गर्ने आदेशमा हस्ताक्षर, अब ग्रिनकार्ड लिएकामाथि के असर पर्ला ?

  • बिहिबार, बैशाख ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

बैशाख ११ एजेन्सी । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुले स्थायी बसोबासका लागि लिएको ग्रिनकार्ड ६० दिनका लागि निलम्बन गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । ह्वाईट हाउसका अनुसार यो अवधि बढ्न पनि सक्छ ।
यो अमेरीकी नागरिकहरुको रोजगारी सुनिश्चितताका लागि चालिएको कदम भनेर ट्रम्पले बचाउ गर्न खोजे पनि यो उनको शुरु देखिकै आप्रवासीहरुमाथि कठोर नीतिको उपज भएको प्रतिकृया आएको छ ।
यसले तत्काल अनुमति लिएर काम गरीरहेकाहरुमा असर नपर्ने भनिए पनि ग्रिनकार्ड लिए पछि आश्रित परिवारलाई समेत अमेरीका लैजाने र त्याहाँको नागरिक सरह पाउने काम तथा सुविधामा कटौती हुने चिन्ता बढेको छ ।
यसले अमेरीकामा एशिया अफ्रीका लगायतका महादेशबाट पुगेका दशौँ लाख आप्रवासीहरुमा चिन्ता बढाएको छ । ग्रिनकार्ड होल्डरले आफ्नो परीवारलाई लाने कुरामा यसले बाधा पार्ने छ । साथै रोजगारीमा ग्रिनकार्ड लिएका भन्दा अमेरीकाकै नागरिकलाई प्राथमिकता दिईने भएकाले आप्रवासीमाथि थप विभेद हुने देखिन्छ ।
तर यो अमेरीकी व्यवस्था र कानुनको प्रतिकुल देखिएकाले अदालतमा बहस हुन सक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी