सांसदसँगको छलफल सकिएपछि प्रधानमन्त्री ओली र प्रचण्डको जम्काभेट, उभिएरै भयो कुराकानी

सांसदसँगको छलफल सकिएपछि प्रधानमन्त्री ओली र प्रचण्डको जम्काभेट, उभिएरै भयो कुराकानी

  • बुधबार, बैशाख १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

१० बैशाख, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधवार साझ जम्काभेट भयो ।
प्रदेश १ र सुदूरपश्चिम प्रदेशका सांसदसँगको छलफल सकिएपछि अध्यक्षद्वयको जम्काभेट भएको हो। जम्काभेट भएपछि दुवै अध्यक्षले उभिएरै कुराकानी गरे।
सोमबार मात्र सरकारले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेपछि पार्टी्भित्रै यो विषयमा असन्तुष्टि बढेको थियो। प्रधानमन्त्री ओलीले पार्टीमा छलफलबिना नै दुई अध्यादेश पारित गरेपछि असन्तुस्टि चुलिएको हो ।

प्रदेश सांसदसँगको छलफलमा दुवै अध्यक्षले समसामयिक विषय ब्रिफिङ गरेका थिए। प्रधानमन्त्रीले पार्टीमा छलफलबिना दुई अध्यादेश पारित गरेपछि पूर्व माओवादी पक्षले आपत्ति जनाएको थियो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राप्रपा, राजपा, समाजवादीलगायत सम्पूर्ण दलले अध्यादेश गलत भएको भन्दै आलोचना गरेका थिए। अध्यादेशको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री ओलीले यसै विषयमा पार्टी्भित्र छलफल गरेका हुन्।

अध्यादेशप्रति असन्तुष्ट रहेका अर्का अध्यक्ष प्रचण्डसहित सबै प्रदेशका सांसदसँग प्रधानमन्त्री ओलीले बालुवाटारमा बुधबार गरेको यो छलफललाई पार्टी भित्रको आन्तरिक कलह मत्थर पार्ने सूत्रको रुपमा हेरिएको छ।

सोमबार दुई अध्यक्षदेश जारी भएलगत्तै विभिन्न टिकाटिप्पणी भएपछि तत्काल सचिवालय बैठक बोलाएर अध्यादेशका विषयमा छलफल गर्दै जाने सहमति नेकपाले गरेको थियो। सोही सहमति अनुसार प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारमा सबै प्रदेशका सांसदसँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।
सोहि छलफल सकेर निस्किदा ओली र प्रचण्डबीच जम्काभेट भयो । भेटघाटका क्रममा दुवै अध्यक्षले मास्क लगाएका थिए। व्यक्तिगत दूरीलाई धेरै प्राथमिकता नदिए पनि दुवै अध्यक्षले मास्कमै मात्रै केहिछिन कुराकानी गरे ।

बुधबार बालुवाटारमा भएको नेकपाका विभिन्न प्रदेशका सांसदसँगको छलफलकै क्रममा अध्यक्षद्वयले भेट गरेका हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ