पार्टी फुटाउन आफ्नो सांसद अपहरण गरिएको समाजवादीको आरोप, भट्टराईले लेखे– ओलीतन्त्रको यो नांगो रूप !

पार्टी फुटाउन आफ्नो सांसद अपहरण गरिएको समाजवादीको आरोप, भट्टराईले लेखे– ओलीतन्त्रको यो नांगो रूप !

  • बुधबार, बैशाख १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

वैशाख १०, काठमाडौँ । समाजवादी पार्टीले आफ्नो सांसद सुरेन्द्र यादव अपहरणमा परेको दावी गरेको छ ।
पूर्व राज्यमन्त्री एवं समाजवादी पार्टीका केन्द्रीय सदस्य यादवलाई पार्टी फुटाउने प्रयोजनका लागि सरकारले नै अपरहण गराएको समाजवादीले आरोप लगाएको हो ।

पार्टी फुटाउने प्रयोजनका लागि यादवलाई काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट काठमाडौं ल्याएको आरोप समाजवादीले लगाएको छ ।

समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले बुधवार साँझ साढे पाँच बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा सुरेन्द्र यादवलाई काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौं लगिएको बताएका छन् ।
लगत्तै समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले पनि ट्वीट गर्दै ओलीतन्त्रको यो नांगो रुप भएको प्रतिकृया दिएका छन् । उनले प्रचार विभाग उपप्रमुख पाण्डेको स्टाटस सेयर गर्दै लेखेका छन्, ‘ओलीतन्त्रको यो नांगो रूप ! धन्य कमाउनिष्ट कणहरू !’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ