पर्साको जिराभवानीमा राहत नपाएका पीडित र प्रहरीबीच झडप हुँदा पत्रकारसहित ८ घाइते

पर्साको जिराभवानीमा राहत नपाएका पीडित र प्रहरीबीच झडप हुँदा पत्रकारसहित ८ घाइते

  • बुधबार, बैशाख १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

१० बैशाख, वीरगन्ज । राहत वितरणको विषयलाई लिएर पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ।

बुधबार दिउँसो राहत वितरणमा ढिला भएपछि आक्रोशमा करिब ३ सयको संख्यामा दलित, विपन्न वर्गका स्थानीय सेढवास्थित गाउँपालिका कार्यालय घेराउ गर्न कार्यालय पुगेका थिए। त्यही क्रममा सशस्त्र प्रहरीले भिड हटाउन लाठी चार्ज गर्न थालेपछि स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको थियोे।

झडपमा क्रममा नारायणी एफएमका संवाददाता कृष्ण मोहन साहसहित स्थानीय गरि ८ जना घाइते भएका छन्। घाइते सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ। लकडाउनको १ महिना पुगि सक्दा पनि जीराभवानी गाउँपालिकाले कुनै पनि वडामा राहत वितरण गरेको छैन्।

लकडाउनको १ महिना बितिसक्दा पनि राहत वितरण नभएपछि कार्यालयमा पुगेका स्थानीयले आक्रोशमा आएर ढुंगामुढा गर्न थालेपछि सशस्त्र प्रहरीले रोक्दा झडप भएको गाउँपालिका उपाध्यक्ष उषा देवी थरुनीले जानकारी दिनुभयो ।

लकडाउनका कारणले प्रभावितका लागि राहत वितरणका लागि प्रदेश सरकारले गाउँपालिकामा १० लाख रुपैयाँ पठाएको छ। तर प्रदेश सरकारबाट आएको १० लाख रुपैयाले अपुग भएपछि रकम थप गर्ने विषयमा प्रकृयामा लाग्दा राहत वितरणमा ढिला हुन पुगेको उपाध्यक्ष थरुनीको भनाई छ ।

वीरगन्जबाट सामानसहित हिँडेको गाडी बाटोमै रहदा गाउँपालिकामा दुखद घटना उनले भनिन्, बिहिबार देखि सबै वडामा राहत वितरण गर्नेछौ ।

वडा नम्बर २ का वडा अध्यक्ष महादेव महत्तो थारुले राहत वितरणका लागि कार्यालयमा गाँउपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुबीच छलफल भइरहेका बेला आक्रोशित स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको बताए ।

स्थानीयले भने एक महिनादेखि राहत वितरण नगरेपछि त्यसबारे जवाफ माग्न बुधबार गाउँपालिकामा जाँदा गाउँपालिका अध्यक्ष रामप्रित महत्तोलगायतकाले जनप्रतिनिधिले प्रहरी लगाएर कुटेको आरोप लगाएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ