भारतबाट २३ टन औषधी आयो, चीन तिव्वत सरकारले दिएको स्वास्थ्य सामाग्री आजै आईपुग्ने

भारतबाट २३ टन औषधी आयो, चीन तिव्वत सरकारले दिएको स्वास्थ्य सामाग्री आजै आईपुग्ने

  • बुधबार, बैशाख १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

बैशाख १० काठमाण्डौं । नेपालमा कोरोनाको संक्रमण बढ्न थाले पछि चीन र भारतले नेपाललाई औषधी र स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आजै भारतबाट १८ प्रकारका २३ टन औषधी मन्त्रालयले भारतीय दुतावास मार्फत प्राप्त गरेको छ भने चीनको तिव्वत सरकारले आजै तातोपानी नाकाबाट पिसिआर मेसिन २ थान, २० हजार किट, १० हजार एन ९५ मास्क , पिपिई दश हदजार र अन्य सामाग्री नेपाली अधिकारीहरुलाई हस्तान्तरण गरेको छ । जुन सामाग्री काठमाण्डौमा आजै राति सम्म आईपुग्ने डा. देवकोटाले जानकारी दिनु भयो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले २३ टन औषधी सहयोग पठाएकोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । उनले ट्वीटर मार्फत धन्यवाद दिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ