जनअधिका नेपाल अभियानका अध्यक्ष एवं बरिष्ठ अधिवक्ता एकाज भण्डारीले जनता कोरोनाको महामारीबाट संकटमा परीरहेका बेला सरकारले जारी गरेको अध्यादेश औचित्यहिन र असान्दर्भिक रहेको टिप्पणी गर्नु भएको छ ।
आज एक विज्ञपित जारी गरी अध्यक्ष भण्डारीले अबको एक साता भित्र संसद बोलाउन सकिने कानुनी र संवैधानिक प्रावधान रहेको अवस्थामा पार्टी भित्रको आन्तरीक किचलोले गर्दा यो अध्यादेश आएको भन्दै यो सरकार नागरिकप्रति अनुत्तरदायी र गैरजिम्मेवार भएको बताउनु भयो ।
सरकारले दल विभाजन र संवैधानिक परिषद्को गणपुरक संख्या सम्बन्धि दुई वटा अध्यादेश जारी गरेको थियो ।
अध्यक्ष भण्डारीद्धारा जारी विज्ञप्तिमा एकातिर मजदुरहरुले कार्यलय बन्द भएर ज्याला समेत नपाएर आर्थिक अभाव भएको, अर्को तिर स्थायी बसोबास क्षेत्रमा जानै पर्ने बाध्यताका कारण बाल बच्चा बोकेर पैदलै हिडिरहेका जनता ठुलो समस्यामा परेको र त्याहाँ सरकारको उपस्थिति नदेखिएको उल्लेख गरिएको छ ।
खुल्ला आकाशमुनि भोक भोकै हिडिरहेका बालबालिका, महिला एवं नागरिकहरुलाई सम्बन्धित ठाँउमा पुर्याउने,जिम्मेवार व्यक्तिको जिम्मा लगाउन, खाने वस्ने व्यवस्था गर्न र राहत प्रदान गर्न पनि अध्यक्ष भण्डारीले सरकारसगँ माग गर्नु भएको छ ।
हेर्नुस् विज्ञप्तिः
