आरडीटी परिक्षणबाट कोरोना पोजिटिभ देखिएका दुई नर्सको रिपोर्ट नेगेटिभ, डिस्चार्ज गरिँदै

आरडीटी परिक्षणबाट कोरोना पोजिटिभ देखिएका दुई नर्सको रिपोर्ट नेगेटिभ, डिस्चार्ज गरिँदै

  • बुधबार, बैशाख १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, १० वैशाख ।  र्‍यापीड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा कोभिड–१९ पोजिटिभ देखिएका दुई जना नर्समा पीसीआर परीक्षण गर्दा कोरोना नभएको पुष्टि भएको छ।

केन्द्रीय कारागारका कैदीहरुको स्वास्थ्य परीक्षणमा खटिएका उनीहरुलाई मंगलबार आरडीटी विधिबाट गरिएको कोरोना भाइरसको जाँचमा रिपोर्ट पोजेटिभ देखिएपछि उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल  तथा सरुवा रोग अस्पतालको आइसोलेसन राखिएको थियो।

बुधबार नै स्वाब संकलन गरी पीसीआर बाट गरिएको परीक्षणको रिपोर्ट बुधबार बिहान आएको र नेगेभिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका एक चिकित्सकले जानकारी दिए । उनका अनुसार दुवैजनालाई डिस्चार्ज गर्ने तयारी गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ