बैशाख १० काठमाण्डौं । नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा कम्युनिष्ट पार्टी स्थापना भएको आज ७० बर्ष पुरा भएर ७१ औँ बर्षमा प्रवेश गरेको छ ।
आजकै दिन भारतमा नेपाल कम्युनिष्ट पार्टीको गठन गर्न पुष्पलाल श्रेष्ठ नेतृत्वको पाँच जनाको टोलीले बैठक बसेर पार्टीको घोषणा गरेका थिए । पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द वैद्य, नर बहादुर कर्माचार्य, रामविलाश जोशी र मोतीदेवीले जन्माएको कम्युनिष्ट पार्टी पछि टुट फुट, विभाजन , झापा आन्दोलन र माओवादी जनयुद्ध हुदै ७१ बर्षमा पुग्दा समेत अझै पनि सपना साकार हुन नसकेको गुनासो छ ।
आज कोरोनाको महामारीका कारण औपचारीक कुनै कार्यक्रम आयोजना नभएको र नेताहरुले शुभकामना वक्तव्य दिएका छन् ।
सत्तारुढ नेकपाबाट प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले छुट्टा छुट्टै वक्तव्य दिएर शुभकामना दिएका छन् ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीले वक्तव्यमा कम्युनिष्ट आन्दोलन विभिन्न आरोह,अवरोह, टुटफुट, हुदै संघर्ष गर्दै अहिले निर्णायक शक्तिका हैसियतमा शासन सञ्चालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलव्धि भएको बताएका छन् ।
कम्युनिष्ट पार्टीका संस्थापक सदस्यहरुलाई सम्मान व्यक्त गर्दै ओलीले लेनिन जयन्तीको पनि स्मरण गरेका छन् ।
२ बर्षदेखि जारी पार्टी एकताको प्रकृयालाई अन्तिम निष्कर्षमा पुर्याउन पार्टी एकता दिवस र लेनिन जयन्तीले प्ररेरणा दिने अध्यक्ष तथा प्रधानमन्त्री ओलीले विस्वास गरेका छन् ।
यसै गरी सोही पार्टीका अर्का अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनका शहीदहरुप्रति श्रदान्जली व्यक्त गर्दै समाजवादी क्रान्तिका लागि ऐतिहासिक पार्टी एकताले थप प्रेरणा र उर्जा दिएको बताएका छन् ।
अध्यक्ष प्रचण्डले देशी विदेशी विदेशी प्रतिकृयावादीहरुले षड्यन्त्र गरीरहेको जिकिर गर्दै कार्यकर्ताहरुलाई रचनात्मक योगदानका लागि अपील गरेका छन् ।
यस अवधिमा झपा आन्दोलन, जनयुद्ध जस्ता घोािषत हिंशात्मक विद्रोहका कारण हजारौ मानिसहरु मारिए ती नै आन्दोलनबाट आएका नेताहरुको हातमा देशको नेतृत्व आए पनि कम्युनिष्ट व्यवस्था लागू हुन नसकेको बताउछन् कम्युनिष्ट बुद्धीजीवीहरु ।
अझै पनि सरकारदेखि सडक सम्म गरी दर्जनौ कम्युनिष्ट पार्टी अस्थित्वमा रहेको छ । जस मध्य सबै भन्दा ठूलो पूर्व माओवादी र एमाले मिलेर बनेको नेकपा रहेको छ ।