१९ जना एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

१९ जना एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

  • मङ्लबार, बैशाख ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

वैशाख ९, काठमाडौँ । १० जना एसएसपी डीआईजीमा बढुवा भएको दुई दिनपछि गृह मन्त्रालयलले १९ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले १९ जना एसपीलाई एसएसपीमा सिफारिस गरेको हो ।

गृह मनत्रलयका अनुसार वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमअर केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल र अशोक सिंहलाई एसएसपीमा सिफारिस गरेको छ।

यसैगरी सुदिप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणी आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार वैदवार, मुकेशकुमार सिंह र चन्द्रकुबेर खापुङ पनि एसएसपीमा सिफारिस भएका छन्।

सिफारिस नामविरुद्ध चित्त नबुझे अन्य एसपीले लोकसेवा आयोगको बढुवा तथा विभागीय सजाय परामर्श शाखामा उजुरी गर्न सक्नेछन्। एकसाता भित्र उजुरी नपरे मन्त्रीस्तरीय निर्णयबाट सिफारिस भएकाहरुको नाम अनुमोदन हुने छ।

आइतबार मात्रै १० जना एसएसपी डीआईजीमा बढुवा भएका थिए। त्यसअघि नै ९ जना एसएसपीको दरवन्दी खाली भए पनि बढुवा सिफारिस हुन सकेको थिएन। बढुवा भएका सबै २०४९, २०५१ र २०५२ मा सेवा प्रवेश गरेका अधिकृतहरु हुन्।

https://www.mirmireonline.com/wp-content/uploads/2020/04/baduwa-ssp-janapad-2077-01-09.pdf

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ