उदयपुर भुल्केमा आज थप ८ जनामा कोरोना पुष्टी,जिल्ला सिल गरियो, संक्रमितलाई बिराटनगर आईसोलेसनमा(भिडियोसहित)

उदयपुर भुल्केमा आज थप ८ जनामा कोरोना पुष्टी,जिल्ला सिल गरियो, संक्रमितलाई बिराटनगर आईसोलेसनमा(भिडियोसहित)

  • मङ्लबार, बैशाख ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

बिराटनगर ९ बैशाख । उदयपुरको भुल्केमा थप ८ जनामा कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ । उदयपुरबाटै टेकुको परीक्षणबाट एक आज गरी ९ जनामा संक्रमण भएको छ । यो सगैँ देशभर कुल संक्रमितको संख्या ४० पुगेको छ । जस मध्य २२ जना उदयपुरबाट मात्रै रहेको छ ।

उदयपुरको भुल्केमा केही दिन अघि ११ जना भारतीय नागरिक र १ जना नेपालीमा पुष्टी भएको एक साता भित्रै थप भएसँगै प्रदेश सरकारले मंगलबारबाट पुरै जिल्लालाई चारैतिरबाट सील गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि यस्तो निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले उदयपुर जिल्लाभित्रै पनि अन्य ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा उदयपुरबाट अन्य जिल्लामा पनि संक्रमण फैलिन नदिन पूर्ण रुपमा लकडाउनका साथै सिल गर्ने निर्णय गरिएको बताए।
‘उदयपुर जिल्लाभित्र पूर्ण रुपमा लकडाउन गर्ने र जिल्लाको सबै नाका सिल गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘जिल्ला सुरक्षा समितिको निर्णय गरी सर्वदलीय संयन्त्रको साथ सहयोगमा जिल्लालाई पूर्ण लकडाउन र सिल गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छौं।’
स्थानीय प्रशासनले जिल्लाभरि लकडाउन गरिसकेको र जिल्ला पनि सिल गर्ने तयारी गरिररहेको जानकारी आएको कार्कीले बताए।

मस्जिदमा बसेका १२ जनामा संक्रमण देखिएसँगै मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी ६९ जनाको थ्रोट स्वाबको नमूना शनिबार संकलन गरिएको थियो। कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको र ८ जनामा कोरोना संक्रमण देखिएको थियो। एकजनाको रिपोर्ट आउन बाँकी छ।
थप यकिन गर्न आठजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूनः परीक्षण गर्दासमेत संक्रमण देखिएको पुष्टि भएको प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ।
यससँगै भुल्केमा संक्रमितको संख्या २२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीयमध्ये ११ र विराटनगर–१७ का एकजनामा शुक्रबार नै कोरोना संक्रमण पुष्टि भइसकेको छ। विराटनगरका एकजनामा शनिबार संक्रमण भेटिएको थियो।
नेपाली सेनाको सहयोगमा मस्जिद भएको बस्ती वरपरका २ सय ५१ जनाको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका काठमाडौं लगिएकोमध्ये एकजनामा संक्रमण भेटिएको छ।

मन्त्री कार्कीले अब भुल्केका प्रत्येक व्यक्तिको स्वाब नमूना परीक्षण गर्ने नीति लिएको बताए।
‘कन्ट्याक्ट ट्रेसिङमा नुरी मस्जिदमा आएका अनय मस्जिदका ३५ जना धर्म गुरु बसेका अन्य ६ मस्जिद भएको बस्तिको समेत स्वाब नमूना परीक्षण गर्ने अबस्था आएको छ,’ उनले भने, ‘मस्जिद भएको बस्तीबाट अन्य बस्तीमा कोरोनाको संक्रमण फैलिन नदिन पहिले पूर्णरुपमा लकडाउन र सिल गर्ने नीति लिएका छौं।’

यसैबीच नेपालमा कोरोनाको केन्द्र बन्ने खतरा उदयपुर बनेसगँ जिल्लाबाट कसैलाई पनि बाहिर जान दिन बन्द गरिएको छ । पूर्वतिर चतरापुलमा रोकिएको छ भने सप्तरी,सिराहा, सिन्धुली, भोजपुर, खोटागं र ओखलढुंगा जाने नाकामा पनि जान नदिने तयारी गरिएको छ ।
यसैबीच धरानमा कोरोना पुष्टी भएका ८ जनालाई नै एम्बुलेन्समा लगेर बिराटनगर आईसोलेसनमा पुर्याईएको छ ।

हेर्नुस् संक्रमितलाई घोपाबाट लगिदै गरेको भिडियो :

https://www.facebook.com/mirmireonline3/videos/704408420102679/

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ