उदयपुरका ८ जनाकाे कोरोना रिर्पोट शंकास्पद , पुन: परीक्षणका लागि धरान पठाइयो

उदयपुरका ८ जनाकाे कोरोना रिर्पोट शंकास्पद , पुन: परीक्षणका लागि धरान पठाइयो

  • मङ्लबार, बैशाख ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

उदयपुर, ९ वैशाख । कोरोना भाइरसको आशंकामा स्वाब परीक्षणका लागि संकलन गरिएकामध्ये ८ जनाको रिर्पोट शंकास्पद देखिएकाे छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.जयवेन्द्र यादवको नेतृत्वमा आएको पाँच सदस्यीय टोलीले बैशाख ६ गते संकलन गरेको ६९ जनामध्ये ८ जनामा रिपोर्ट शंकास्पद देखिएपछि थप परीक्षणका लागि धरान पठाइएको छ । ८ जनामा रिपोर्ट शंकास्पद देखिएपछि थप परीक्षणका लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए ।

विराटनगरस्थित पीसीआर ल्याबमा ८ जनाको परीक्षण रिर्पोट शंकास्पद आएपछि उनीहरुलाई थप परीक्षणका लागि मंगलबार करिब ११ बजे एम्बुलेन्सबाट धरान पठाइएको उनले बताए ।  सुवेदीका अनुसार मन्त्रालयबाट थप परीक्षणका लागि पठाउन आदेश भएपछि उनीहरुलाई एम्बुलेन्सबाट पठाएको छ ।

बैशाख ५ गते त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा १३ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला र नेपाली सेनाको छाउनी अस्पतालबाट आएको चिकित्सकको टोलीले छुट्टा-छुट्टै टोलीले तीन दिन लगाएर ३ सय २१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि लगेको थियो ।

संकलन गरेका स्वाब सबैका रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य प्रमुख सुवेदीले जानकारी दिए । मस्जिदमा आएका १२ भारतीय र ४ नेपाली गरी १६ जनामध्ये ११ भारतीय र २ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पुष्टि भएका १३ जनालाई नै विराटनगरस्थित कोरोना उपचार केन्द्रमा भर्ना गरिएको छ भने बाँकी ३ जनालाई बिराटनगरकै टाँडी स्थित क्वारेन्टाइनमा राखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ