१० लाखमा बनेकेा २० शैय्याको आइसोलेसन वार्ड २ हप्तामै हावाहुरीले भत्कायाे, चार संक्रमितलाई आइसीयुमा सिफ्ट

१० लाखमा बनेकेा २० शैय्याको आइसोलेसन वार्ड २ हप्तामै हावाहुरीले भत्कायाे, चार संक्रमितलाई आइसीयुमा सिफ्ट

  • मङ्लबार, बैशाख ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

वीरगन्ज, ९ वैशाख । साेमवार राति परेकाे वर्षासँगै आएकाे हावाहुरीले वीरगन्जको नारायणी अस्पतालको आइसोलेसन वार्डमा क्षति पुगेकेा छ ।

कोरोनाका चार जना संक्रमितहरु उपचारत रहेकै आइसोलेसन वार्डमा हावाहुरीले क्षति पुर्‍याएको हो। हावाहुरीले आइसोलेसन वार्डको २ तिर एल्मुनियम र सिसाले बनाइएको पर्खाल हावाहुरीले भत्काइ दिएको छ।

हावाहुरीले आइसोलेसन वार्डको पर्खाल भत्काइ दिएपछि वार्डमा रहेका चार संक्रमितलाई सोमबार राति नै आइसीयु वार्डमा सारिएको अस्पतालका मेडिकल सुपरीडेन्टेन्ट डाक्टर  मदन उपाध्यायले जानकारी दिए।

हावाहुरीले वार्डको २ तिरको पर्खाल भत्काएर वार्डभित्रै पानि पसेपछि तत्कालै संक्रमितलाई आइसीयु वार्डमा सारेर उपचार गरिरहेकाे उनले बताए ।

भत्किएको वार्ड मर्मत गर्ने तयारीमा रहेकेा जानकारी दिदैँ उनले तत्काललाइ संक्रमितलाई राख्ने स्थानको कमी नरहेकेा बताए ।

चिकित्सकको आग्रहमा जगदम्बा ग्रुप, रुङगटा वेयल फेयर सोसाइटी र लायन्स क्लब वीरगन्जले २  हप्ता पहिले नारायणी अस्पतालको आकस्मिक कक्ष भवन माथिको छतमा १० लाख रुपैयाँको लागतमा २० शैय्याको आइसोलेसन वार्ड बनाइ दिएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ