अध्यादेशबारे धारणा बनाउन काँग्रेस पदाधीकारीको बैठक जारी

अध्यादेशबारे धारणा बनाउन काँग्रेस पदाधीकारीको बैठक जारी

  • मङ्लबार, बैशाख ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं बैशाख ९ । सरकारले अप्रत्यासीत रुपमा ल्याएको दल विभाजन सम्बन्धि अध्यादेशका बारेमा धारणा तय गर्न काँग्रेसले पदाधीकारीको बैठक बोलाएको छ ।
बैठक सभापति देउवा निवास बुढानिलकण्ठमा शुरु भएको छ ।
सरकारले सोमबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश बारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनले बिहान ९ बजे सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बैठक बस्ने बताए । कांग्रेसले मंगलबार नै भ्रातृ संगठनहरुसँग सरकारको पछिल्लो कदमका विषयमा ‘भर्चुअल’ छलफलसमेत गर्ने तयारी गरेको शर्माले जानकारी दिए ।

कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी अध्यादेश जारी हुनुलाई ‘आपत्तिजनक कदम’ र ‘गैर जिम्मेवार प्रवृत्ति’ का रुपमा टिप्पणी गरेको छ ।

सभापति शेरबहादुर देउवाले सोमबार बेलुकी प्रेस विज्ञप्ति जारी गरेर कोरोना र भोकमरीबाट जनतालाई जोगाउनुपर्ने बेला सत्ताको उन्माद देखाउनु नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना भएको बताएका छन् ।

संविधान निर्माण गर्दा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको भन्दै देउवाले संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको स्मरण गराएका छन् ।
नागरिक जीवन संकटमा रहेको समयमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले ब्यवस्थालाई हठात उलंघन गरेको कांग्रेसको ठहर छ ।

कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारसँग अपिलसमेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ