दुई अध्यादेशपछिको संकटः कांग्रेसले बोलायो पदाधिकारी बैठक

दुई अध्यादेशपछिको संकटः कांग्रेसले बोलायो पदाधिकारी बैठक

  • मङ्लबार, बैशाख ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, बैशाख ९ ।

सरकारले ल्याएको दुई अध्यादेशबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाका निवास बूढानीलकण्ठमा बिहान ९ बजेपछि बस्ने बैठकमा उपस्थित हुन सबै पदाधिकारीलाई खबर गरिएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे छलफल हुनेछ ।

सरकारले भने दुबै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण गराएर नेपाल राजपत्रमा समेत प्रकाशित गरिसकेको ।

संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलका नेताको सहभागिता बिना नै संवैधानिक परिषदको बैठक बस्ने र निर्णय गर्न सक्ने प्रावधान राखिएको छ ।

यसलाई कांग्रेसले संविधानमाथिको प्रहार भनेको छ भने अरु दलले पनि यो अध्यादेशको तीब्र आलोचना गरेका छन् ।

यस्तै राजनीतिक दलसम्बन्धी अध्यादेशमा दल विभाजनका लागि खुकुलो व्यवस्था राखिएपछि स्वयं सत्तारुढ दलमा नेताहरुले प्रधानमन्त्रीको कदमको आलोचना गरका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ