अमेरीकाले अब आप्रवासीलाई अनिश्चित कालसम्म प्रवेश नदिने, ट्रम्पले हस्ताक्षर गर्दै

अमेरीकाले अब आप्रवासीलाई अनिश्चित कालसम्म प्रवेश नदिने, ट्रम्पले हस्ताक्षर गर्दै

  • मङ्लबार, बैशाख ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

एजेन्सी, बैशाख ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीलाई अमेरीका आउन नदिने कानुनमा हस्ताक्षर गर्ने घोषणा गरेका छन् ।
कोरोना भाइरससँग लड्नका लागि अमेरिकामा सबै आप्रवासनको अस्थायी रुपमा निलम्बित गर्न लागिएको राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् ।

ट्वीटरमा उनले लेखेका छन्, ‘अदृश्य शत्रूको आक्रमण र हाम्रा महान् अमेरिकी नागरिकको  रोजगारीको  रक्षा गर्नु आवश्यक रहेकाले अमेरिकामा आप्रवासीलाई अस्थायी रुपमा रोक्न म कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछु ।’


ट्रम्पको यो आदेशमा हस्ताक्षर पछि एशिया, अफ्रीकाबाट ठूलो संख्यामा अमेरीका जान चाहनेहरुको ईच्छामाथि धक्का लाग्ने भएको छ । ट्रम्प २०१६ मा निर्वाचित भए देखि नै उनी आप्रवासीको बिपक्षमा रहेका थिए । उनी डिभी बन्द गर्नेदेखि मेक्सीकोमा पर्खाल लाउन समेत तयार रहदै आएका छन् । मेक्सिकोबाट निकै आप्रवासीहरु अमेरीका छिर्ने गरेका छन् ।
यो अस्थायी रुपले बन्द हुने आप्रवासी प्रवेश रोक कहिले सम्मका लागि भन्ने ट्रम्पले खुलाएका छैनन् ।
आप्रवासीहरुका कारण ठूलो संख्यामा अमेरीकी नागरिकहरु बेरोजगार हुदै गएको ट्रम्पले बताउने गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी