विराटनगर, बैशाख ९ । हुदाँ खाने भन्दा हुने खानेले राहतर्मा माग दावी गरेपछि मोरङको रतुवामाई नगरपालिका–४ नम्बर वडामा राहत वितरण गर्न सकस परेको छ ।
सरकारले आह्वान गरेको बन्दाबन्दीसँगै अतिविपन्न परिवारलाई राहत वितरणको लगत संकलन गरिरहेको स्थानीय सरकार राहत लिन हुने खानेको भीड देखेपछि अलमलमा परेको हो ।
राहत लिनेको नाम नामेसीमा जग्ग्गावालाको संख्या धेरै छ, रतुवामाई नगरपालिका–४ का वडा अध्यक्ष देवराज राजबंशीले भन्नुभयो–हुँदा खानेको पीर खप्न नसक्ने अवस्थामा पुगिसकेको छु, राहत बाँड्न सक्ने अवस्था छैन ।
घरमा खान नभएको भन्दै वडाको पैयामारी टोलका ऋषिदेवहरुले अध्यक्षलाई बारम्बार हारगुहार गरिरहेका छन् । तर, अध्यक्षले ७४ घर ऋषिदेव परिवारको लागि राहल वितरण खुलाउन सक्ने अवस्था नभएको बताउनुभयो । सोमबार यसैको सकस फुकाउन सर्वदलिय बैठक डाकेर निष्कर्षमा पुग्ने प्रयत्न गरिएको छ ।
अतिविपन्न हुन् तर राहत लिएर जान सक्ने अवस्था छैन, अध्यक्ष राजबंशीले भन्नुभयो–सरकारले दिइएको राहत माग्न स्थायी बसोबास गर्ने घरधुरी भन्दा दोब्बरको माग दावी छ । उहाँका अनुसार एक हजार २५० घरधुरी संख्या रहेको वडामा राहत माग्नेको सख्या भने एक हजार ८०० सय बढी छ ।

संयुक्त परिवार भएपनि अलग–अलग भएर बाबु र छोराले राहत मागेका कारण संख्या अधिक देखिएको हो । सर्वदलिय बैठक बसाएर हुनेखानेको नाम कटाउन प्रस्ताव गरेको छु, अध्यक्ष राजबंशीको भनाई थियो–उहाँहरु प्नि नामनामेसी हेरेर आश्चर्यमा चाँहि पर्नुभयो ।
पैयामारी ऋषिदेव टोलका स्थानीयवासी जलेश्वर ऋषिदेवले काम नभएर घर चलाउन सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले सरकारले राहत दिन्छ भनेको सुनेपनि कसैले नदिएको गुनासो गर्नुभयो ।
राहत वितरणका लागि गरिब तथा अतिविपन्न परिवार ऋषिदेव टोलको लगत संकलन गरेर कुपन उपलब्ध गराईसकिएको छ । अर्का स्थानीय भीमलालले भन्नुभयो, बाह्रदिन अगाडी कुपन दिएर गएदेखि कोहि आए छैन । उहाँले गरिब बस्तीका लागि सरकारले पठाएको राहतमा धनीवस्तीका मानिसले लोभ पलाउँदा समस्या भएको बताउनुभयो ।
स्थानीय सरकारले राहतको अतिआवश्यकीय पर्ने घरधुरीलाई यकिन गरेर बुधबारदेखि वितरण गर्ने तयारी समेत गरिरहेको छ । प्रारम्भिक चरणमा पाउनै पर्नेलाई उपलब्ध गराउने र बाँकीलाई विस्तारै आवश्यकता हेरेर वितरण गर्ने तयारी भईरहेको हो । वडा अध्यक्ष राजबंशीले राहत पाउनका लागि लगत टिपाएका सबैलाई राहत दिनुपर्ने अवस्था नरहेकोले अब वास्तविक गरिबका घरसम्म राहत पु¥याउन सर्वदलिय संयन्त्र नै जाने तयारी भईरहेको बताउनुभयो ।