वर्षासँगै आएको हावाहुरीले मोरङको टाँडीमा निर्माण गरिएको क्वारेन्टाइनमा क्षति

वर्षासँगै आएको हावाहुरीले मोरङको टाँडीमा निर्माण गरिएको क्वारेन्टाइनमा क्षति

  • मङ्लबार, बैशाख ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

विराटनगर, ९ वैशाख।
वर्षासँगै आएको हावाहुरीका कारण मोरङको टाँडीमा निर्माण गरिएको क्वारेन्टाइनमा क्षति पुगेको छ । नेपाली सेनाको पूर्वी पृतनाअन्तर्गत टाँडीस्थित सूर्यदल गणको सुरक्षा गुल्म परिसरमा निर्माण गरिएको क्वारेन्टाइनमा क्षति पुगेको हो ।

मोरङको मिक्लाजुङस्थित गुल्मपरिसरमा त्रिपाल हालेर ४० वटा क्वारेन्टाइन निर्माण गरिएको थियो । लगातार दुईदिनदेखि परेको पानीले क्वारेन्टाईनमा क्षतीपुगेपछि समस्या भएकोछ ।

गुल्मपति मेजर प्रवेश दाहालका अनुसार त्रिपालमा क्षति पुगेको छ तर क्वारेन्टाइनमा बसेकाहरू भने सुरक्षीत छन् ।
प्रदेश १ सरकारले प्रदेशमै पहिलोपटक त्रिपालको प्रयोग गरेर क्वारेन्टाइन निर्माण गरेको थियो । दुई सय बेड क्षमताको क्वारेन्टाइनमा अहिले १२ जनालाई राखिएको छ । हावाहुरीले क्षति पुगेको क्वारेन्टाइनको चाँडै मर्मत गरिने सूर्यदल गणको सुरक्षा गुल्मले जनाएको छ ।

काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा आज पनि वर्षा भइरहेको छ । सोमवारराती देखि नै वर्षा भईरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न भूभागमा हावाहुरीसहित असिना पानी पर्ने हुँदा सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभावले देशका विभिन्न ठाउँमा मौसम बदली रहने महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ