नेकपा सचिवालयको बैठकमा अध्यादेशबारे गंभीर छलफल

नेकपा सचिवालयको बैठकमा अध्यादेशबारे गंभीर छलफल

  • सोमवार, बैशाख ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

बैशाख ८ काठमाण्डौं । अप्रत्यासीत रुपमा सरकारले पार्टी विभाजन सम्बन्धि ४० प्रतिशत पार्टी कमिटिको सदस्य वा संसदको ४० प्रतिशत भए पुग्ने गरी लयाएको अध्यादेशको तरंग पछि बसेको नेकपाको सचिवालयको बैठक निष्कर्ष बिहीन बनेको छ ।
बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यादेश ल्याउन अहिलेको समयमा उचित थिएन भनेर गंभीर समिक्षा भएको सञ्चारमाध्यमलाई जानकारी दिए ।
अहिले पार्टी एकता मजबुत पार्ने र महामारीसगँ जुध्ने बेला अध्यादेश आउनु हुने थिएन भनेर गंभीर समिक्षा भयो । तर अध्यादेश राष्ट्रपतिले जारी गरीसकेकाले बैठकले केही गर्न नसकेको श्रेष्ठले बताए ।
बैठकमा प्रचण्डले अध्यादेश फिर्ता लिनु पर्ने प्रस्ताव राखेका थिए । तर बैठक शुरु भएको केही बेरमै राष्ट्रपतिले जारी गरेको सन्देश आएको थियो । त्यस पछि ठोस निर्णय नभई बैठक सकिएको स्रोतको भनाई छ ।अध्यादेशको आवस्यकताबारे प्रधानमन्त्रीले बैठकमा ब्रिफिगं गरेको पनि श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ