अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काग्रेसको गंभीर आपत्ति, तत्काल फिर्ता लिन माग

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काग्रेसको गंभीर आपत्ति, तत्काल फिर्ता लिन माग

  • सोमवार, बैशाख ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

अध्यादेश ल्याउने सरकारको निर्णयप्रति काग्रेसको गंभीर आपत्ति, तत्काल फिर्ता लिन माग
प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारले अप्रत्यासीत रुपमा ल्याएको दुई वटा अध्यादेशप्रति गंभीर असहमति जनाउदै तत्काल फिर्ता लिन माग गरेको छ ।
पार्टी सभाति शेर बहादुर देउवाले एक विज्ञप्ति जारी गरी अलोकतान्त्रिक एवं संविधानको मर्मविपरीतका विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन् । सोमबार मन्त्रिपरिषद्ले पास गरेका संवैधानिक परिषद्सम्बन्धी र राजनैतिक दलसम्बन्धी दुई अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेको छ ।

नेपाली जनतालाई कोरोनाको संकटबाट जोगाउनुको साटो सरकारले सत्ताको खेल खेलेको भन्दै कांग्रेसले इतिहासकै सबैभन्दा दुखद् घटना भनेको छ । ुकोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर नेपाली कांग्रेसले सरकारलाई हरसंभव सघाउँदै आएको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु होु, विज्ञप्तिमा भनिएको छ, ुयो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बाँसुरी’ हो ।ु

नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले राजनैतिक स्थिरता, संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वजस्ता व्यवस्था उल्लंघन भएको कांग्रेसको ठहर छ ।

No photo description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ