काठमाडौँ बैशाख ८ । मन्त्रिपरिषद्ले पास गरेका दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् । संवैधानिक परिषद् सम्बन्धी कानुन र राजनीतिक दलसम्बन्धि कानुनलाई संशोधन गर्ने अध्यादेश जारी भएका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता केशवप्रसाद घिमिरेले विईप्ति जारी गर्दै राष्ट्रपतिबाट, ुसंवैधानिक परिषद् काम, कर्तब्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन)अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७जारी भएको छ।
बालुवाटारमा मन्त्रीपरिषद्को बैठकले यी अध्यादेश ल्याउने निर्णय गरे लगत्तै यो अध्यादेश प्रमाणिकरणका लागि राष्ट्रपति कार्यलय पठाईएको थियो ।
यस निर्णय बाट नेकपा भित्र ठूलो तरंग पैदा भएको छ भने प्रमुख प्रतिपक्षी समेत आक्रोसित बनेको छ ।
कोरोना महामारीको संकटका बेला एकाएक राजनीतिक तरंग पैदा भए पछि वाद विवाद शुरु भएको छ ।