प्रचण्डले सरकारको अध्यादेशको निर्णय फिर्ता लिन प्रस्ताव गर्दै

प्रचण्डले सरकारको अध्यादेशको निर्णय फिर्ता लिन प्रस्ताव गर्दै

  • सोमवार, बैशाख ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

बैशाख ८ काठमाण्डौं । प्रधानमन्त्रीको प्रस्तावमा अप्रत्यासीत रुपमा दल विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य भए दल विभाजन गर्न सकिने गरी ल्याएको अध्यादेशको निर्णय फिर्ता लिन प्रस्ताव गर्ने भएका छन् । बैठक बालुवाटारमा शुरु हुन लागेको छ ।
अध्यक्ष प्रचण्डले आफ्ना मन्त्रीहरुले मन्त्रीपरिषद्को निर्णयबारे ब्रिफिगं गरे पछि प्रचण्डले पूर्व माओवादी समहुका नेताहरुको सुझाव लिएर अहिले सरकारको यस्तो निर्णयले गलत सन्देश जाने भन्दै सो निर्णय फिर्ताका लागि प्रस्ताव गर्न लागेको स्रोतले बताएको छ ।
बालुवाटारको मन्त्रीपरिषद्मा प्रधानमन्त्रीको प्रस्ताव आए पछि आश्चर्यमा परेका पूर्व माओवादी समुहका मन्त्रीहरु सोझै प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
तर ओलीले पार्टी भित्र विभिन्न फोरम चलेको , आफूलाई असहयोग भएको महसुस गरेर यस्तो निर्णय गराएको हुन सक्ने बुझिएको छ ।
प्रचण्डले यस्तो प्रस्ताव गरे पछि ओली आफ्नो निर्णयबाट पिर्ता नहुने गरी अघि बढेको बुझिएको छ ।
बामदेव लाई राष्ट्रिय सभा सदस्य बनाउनु पर्ने लगायतका बिषयदेखि नै घेरामा पर्दै गएको महसुस गरेका प्रधानमन्त्री ओलीले पछिल्लो समय कोरोना नियन्त्रणका लागि सर्वदलीय राजनीतिक संयन्त्र बनाउनु पर्ने प्रचण्डको प्रस्ताव पछि अझ रुष्ट बनेका छन् ।
उनले सार्वजनिक रुपमै त्यो प्रस्ताव खारेज गर्दै त्यस्तो प्रस्ताव ल्याउनेहरु कुष्ठाग्रस्त भएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ