बैशाख ८ काठमाण्डौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा सचिवायलेको बैठक बोलाएका छन् ।
अहिले केही बेरमै बस्ने सचिवालयको बैठकमा भाग लिन नेताहरु बालुवाटार आउने क्रम जारी रहेको स्रोतले जनाएको छ ।
अचानक अध्यादेश ल्याउनुको कारण र पार्टी भित्र पछिल्लो दिनहरुमा देखा परेको विवादका सन्दर्भमा छलफल हुने बताईएको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
उक्त निर्णय बाहिरिएपछि पूर्वमाओवादी समूहका मन्त्रीहरू अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न उनको निवास खुमलटार पुगेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline