बैशाख ८ काठमाण्डौं । पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने मन्त्रिपरिषद बैठकको निर्णय पछि नेकपा भित्र ठूलो तरंग फैलिएको छ । सामाजिक सञ्जालमा पार्टी विभाजन हुन लागेको भनेर नेता कार्यकर्ताले चिन्ता व्यक्त गर्न थालेका छन् ।
बालुवाटारमा मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरे लगत्तै आश्चर्यमा परेका पूर्व माओवादी मन्त्री र नेताहरु बैठक पछि खुमलटार पुगेर अध्यक्ष प्रचण्डसगँ अलग्गै छलफल गरेका छन् ।
’बैठकमा प्रधानमन्त्री ओलीले कुनै एक कमिटीमा ४० प्रतिशत भए पुग्ने अध्यादेश ल्याउने प्रस्ताव गर्नुभयो’ पूर्वमाओवादी समूहका एक मन्त्रीले भने यसले आश्चर्यचकित र गंभीर बनायो ।
त्यो निर्णय पछि अचम्ममा परेका पूर्व माओवादी मन्त्रीहले अलग्गै छलफल गरी उर्जा मन्त्री बर्षमान पुन सहित केही नेताहरु प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
खुमलटारमा पूर्व माओवादी समुहका नेताहरुको छुट्टै बैठक बस्ने तयारी भएको छ ।