४० प्रतिशत सांसद भए दल विभाजन गर्न पाउने व्यवस्था गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

४० प्रतिशत सांसद भए दल विभाजन गर्न पाउने व्यवस्था गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

  • सोमवार, बैशाख ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाण्डौं बैशाख ८ ।  सरकारले पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताए ।

यसअघि पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत आवश्यक पर्ने व्यवस्था थियो।

पार्टीका दुई अध्यक्षबीच चिसो बढिरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्‍मा यस्तो प्रस्ताव लगेका हुन् । उनको प्रस्तावमा केही मन्त्रीहरुले लकडाउनको अहिलेको परिस्थितिमा यस्तो निर्णय गर्नु पर्‍यो भनेर प्रश्न समेत उठाएको ती मन्त्रीले सुनाए ।

निर्णय आजै राष्ट्रपति कार्यालयमा पुगिसकेको पनि उनले बताए । अध्यादेशले राजनीतिक दलसम्बन्धि ऐनको प्रावधानलाई संशोधन गर्नेछ ।

संकटको यस घडीमा राहत र कोरोना नियन्त्रणका बारेमा गंभीर निर्णय लिनु पर्ने बेला पार्टी विभाजन सहज पार्न त्यो पनि अध्यादेश ल्याउने सरकारको निर्णय नेकपा भित्र बढ्दो विवादलाई आधार बनाएर ल्याएको देखिन्छ । जसले पार्टी विभाजनको ढोका खोल्न सजिलो बनाईदिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ