कालिकोटकाे ९ वटै स्थानीय तहमा ३ सय १० जनाको र्‍यापिड टेस्ट

कालिकोटकाे ९ वटै स्थानीय तहमा ३ सय १० जनाको र्‍यापिड टेस्ट

  • सोमवार, बैशाख ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

कालिकाेट, ८ वैशाख । भारतलगायतका विभिन्न देशबाट फर्किएका व्यक्तिलाई लक्षित गर्दै कालिकोटमा सुरू गरिएकाे कोरोना भाइरस संक्रमितको जाँच पहिलो चरण सकिएको छ ।

स्वास्थ्य सेवा कार्यालय कालिकोटको नेतृत्वमा जिल्ला अस्पतालमा कार्यरत डाक्टरसहितको स्वास्थ्यकर्मीको पहिलो चरणको र्‍यापिड टेस्ट सम्पन्न गरी जिल्ला फर्किएको हो ।

टोलीले सोमबारसम्म जिल्लाका ९ वटै स्थानीय तहमा गरी ३ सय १० जना विदेशबाट फर्किएका व्यक्तिको र्‍यापिड टेस्ट गरेको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी कटकबहादुर महतले बताए ।

उनका अनुसार पहिरो चरण जिल्लाका ९ वटै स्थानीय तहमा ३ सय १० जनाको र्‍यापिड टेस्ट गरिएको छ । ती सबैजनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । महाँवै गाउँपालिकाबाट दुईजना शंखास्पदको स्वाब संकलन गरी जाँचका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । भारतबाट आएका ती व्यक्तिमा सुख्खा खोकी लागिरहेकाले उनीहरुको थप जाँचका लागि स्वाब संकलन गरी सुर्खेत पठाइएको हो ।

स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका र गाउँमा घरमै बसेका तर विदेशबाट फर्किएका नागरिकको र्‍यापिड टेस्ट गर्ने अभियान पहिलो चरण सम्पन्न भएको छ ।

गाउँमा विदेशबाट फर्किएका व्यक्तिको थप तथ्यांक संकलन भइरहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले विदेशबाट आएका नागरिकलाई लक्षित गरी र्‍यापिड टेस्ट गर्ने पहिलो चरणको काम समयमै सम्पन्न भएको बताए । उनले भने, ‘गत चैत ७ गते यता भारतबाट फर्किएका ३ सय ३५ जना नागरिकको नाम लिष्ट प्राप्त भएको थियो । त्यसमा ३ सय १० जनाको जाँच भइसकेको छ ।

छुटेका व्यक्ति र थप तथ्यांक स्थानीय तहबाट प्राप्त भएपछि पुन परीक्षण गर्ने तयारी छ । गाउँमा केही संख्या छुटेको अनुमान छ । सबै स्थानीय तहलाई पुन गाउँ सर्वक्षण गरी थप विवरण उपलब्ध गराउन पत्रचार गरिएको छ । नयाँ तथ्यांक संकलन गर्ने कार्य जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ