१३ काेराेना संक्रमित भेटिएकाे उदयपुरकाे भूल्केमा छिमेक, पसल संचालकदेखि सबै मुस्लिम समुदायको स्वाब संकलन 

१३ काेराेना संक्रमित भेटिएकाे उदयपुरकाे भूल्केमा छिमेक, पसल संचालकदेखि सबै मुस्लिम समुदायको स्वाब संकलन 

  • सोमवार, बैशाख ८, २०७७
  • यमन दनुवारडोने

  • 11.2K
    SHARES

उदयपुर,वैशाख ८ ।  १३ जना व्याक्तिमा एकैपटक काेराेना संक्रमणा देखिएपछि उदयपुरकाे भुल्केकाे सुरक्षा व्यावस्था कडा पारी सबैकाे स्वाब संकलनकाे कार्य भैरहेकेा छ ।

शनिबार प्रत्येक घरको मस्जिदमा जाने एक जना ब्यक्तिलाई लक्षित गरि ६० जनाको नमूना संकलन गरिएको थियो ।  भने परिक्षणको दोस्रोदिन आईतबार ५३ घर मुस्लिम समुदायको सबै जनाको स्वाब नमूना संकलन गर्ने कार्य भएकाे जिल्ला जनस्वाथ्य उदयपुरको प्रमुख मोहन सुबेदीले बताए ।
आइतबार लक्षित २२० जनाको नमूना संकलन गरिने त्रियुगानगरका प्रमुख बलदेब चौधरीले जानकारी दिए । मुस्लिम समुदाय सबै घरको सदस्य र छिमेकी र पसल गरेर बसेका छिमेकहरुको अन्य समुदायको समेत स्वाब लिएको जिल्ला प्रहरी कार्यालयको उपरीक्षक बीरबहादुर बुढामगरले बताए ।
साेमवार पनि स्वाब संकलन कार्य भइरहेकेा छ । यसअघि आइतबार १ सय ६ महिला र २८ पुरुषकाे स्वाब संकलन भइसकेकेा थियाे ।  उनीहरु सबैको पिसिआर प्रबिधीबाट गरिनेछ । भूल्के गाउँ पूरै शिलबन्दी गरिएको जिल्ला प्रमुख अधिकारी दिपक कुमार पहाडीले बताए ।
प्रदेश नम्बर १ को जनस्वास्थ्य निर्देशनालय प्रयोगशालको निर्देशक जबेन्द्र यादबको नेतृत्वमा ५ स्वास्थकर्मी टोलि खटेको छ भने जिल्लाको ल्याबका २ जना स्वास्थ्यकर्मी समेत रहेको जिल्ला जनस्वास्थ्य प्रमुख सुबेदीले जनाएको छ ।


हालसम्म भूल्केबस्तीमा १३ जनामा कोरोना भाइरस भएको पुष्टि भईसकेको छ । मुस्लिम धर्मगुरुसंगै १२ जना भारती र ४ नेपाली मुस्लिम रहेको थिए । मस्जिदमा बैशाख २ गते प्रहरीले उनहरुलाई नियन्त्रणमा लिएका थिए । उनीहरुको बैशाख ५ मा कोरोना भाईरस पुष्टि भएको थियो । ११ जना भारतीय रहेको र १ नेपालीमा १२ जना संक्रमित देखिएको थियो । शनिबारको थप १ जनामा कोरोना भाईरसको बिरामी फेला परेको छ । सोही बस्तीमा १३ जना रहेको छ । हाल नेपालकाम एकै दिनमा भूल्केमा १२ र चिबतनमा २ गरि १४ जनाको ठूलो संख्यामा कोराना भाईरस(कोभिड १९) फेला परेको थियो ।
शनिबार ६९ जनाको स्वाब नमूना संकलनको रिर्पोट भोलीसम्ममा आईपुग्ने आँकलनसमेत जिल्ला जनस्वास्थ्य उदयपुरका प्रखुम सुबदीले जानकारी दिए ।
उनले भने–“उनीहरुको रिर्पोटमा भर पर्ने र उनीहरुकै संम्पर्कमा पुगेका र संक्रमित १३ जनाको संम्म्पर्क ट्राभल्स हिस्ट्रीसमेत पत्ता लगाई अन्य मानिसहरुको पनि नमुना लिन पहल गरिने उनले जनाएको छ ।
शिलबन्दी गरिएको बस्तिमा स्वास्थ्य सेवा र खाद्यन्नको अभाब नपर्ने उनीहरु सबैको होम क्वारेन्टाइन हुने र भाईरस पुष्टिभएमा तत्काल थप उपचारका लागि बाहिर कोभिड अस्पताल लगिने नगरप्रमुख चौधरीले जनाएको छ । उनीहरु सबैजनालाई लाइसुलेसनमा राखी उपचार गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ