ऊर्जामन्त्री पुनद्वारा अलपत्र परेका ४ सय मजदुरको उद्दार, ९ वटा बसमा घर गए मजदुर

ऊर्जामन्त्री पुनद्वारा अलपत्र परेका ४ सय मजदुरको उद्दार, ९ वटा बसमा घर गए मजदुर

  • सोमवार, बैशाख ८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाण्डु, ८ वैशाख । ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन अनन्तले लामो लकडाउनका कारण उपत्यकाका भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सय मजदुरलाई उद्दार गरी घर पठाउनुभएको छ ।
काभ्रेका विभिन्न स्थानबाट हिंडेर आएका ठूलो संख्याका मजदुरलाई सुरक्षाकर्मीले भक्तपुरको शंखरापुर नगरपालिकामा रोकिएको खबर पाएसँगै मन्त्री पुन आफैं त्यहाँ पुग्नुभएको थियो । काभ्रेका विभिन्न स्थानबाट पैदल हिंडेर राजधानी बाहिर जान आएका ३ सय मजदुरलाई सुरक्षाकर्मीले रोकेका थिए ।
मन्त्री पुनले आइतबार साँझ पानी परिरहेका बेला रुझेरै मजदुरहरुलाई बिदाई गर्नुभयो । लकडाउनले अलपत्र परेकाहरुलाई ९ वटा बसमा राखेर सम्बन्धित जिल्ला पठाइएको हो । त्यसरी पठाइएकामा रोल्पा, दाङ र सल्यानका मजदुर छन् ।
काभ्रेबाट आएकालाई ६ वटा बसमा, भक्तपुरका विभिन्न इँटाभट्टामा कार्यरत मजदुरलाई दुईवटा र ललितपुरमा रहेकालाई एउटा बसमा राखेर घर पठाइएको हो ।
लामो लकडाउनका कारण रोजगारी गुमाउनु परेको र छाक टार्र्नै समस्या हुने गरेको भन्दै मजदुरहरु हिंडेर घर जान लागेका थिए । मन्त्री पुनले घर जान हिंडेर बीच बाटोमा अलपत्र परेकालाई गन्तव्यमा पु¥याउने सरकारको नीति र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मजदुरहरुको उद्दार गरिएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ