देशभर २९ हजार ५ सय ९७ जनाको नमुना परीक्षण, निको भएर चारजना डिस्चार्ज

देशभर २९ हजार ५ सय ९७ जनाको नमुना परीक्षण, निको भएर चारजना डिस्चार्ज

  • आइतवार, बैशाख ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

७ बैशाख , काठमाडौं ।
पछिल्लो २४ घण्टामा २ हजार १ सय ६८ जनाको नमूना परीक्षण गर्दा कुनै पनि नयाँ संक्रमित कोरोनाका बिरामी नभेटिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म देशभर पीसीआर विधिबाट ८ हजार ८१ जना र आरडीटी विधिबाट २१ हजार चार सय ८६ जना गरेर कुल २९ हजार ५ सय ९७ जनाको नमुना परीक्षण भएको छ।
जसमध्ये ३१ जनामा कोरोना पोजिटिभ देखिएको छ। पछिल्लो २४ घण्टामा २१ सय ९८ नमुना परीक्षण हुँदा सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ।
सरकारले ७७ जिल्लामै आरडीटी विधिबाट परीक्षण सुरु गरेको छ भने देशभरका १५ प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण भइरहेको छ। मन्त्रालयका अनुसार पछिल्ला दिनमा क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै गएको छ।
अहिले पाँच हजार १ सय ८० जना क्वारेन्टाइनमा छन्। उपत्यकामा ५ र उपत्यका बाहिर ९८ गरेर १०३ जना आइसोलेसनमा उपचार गराइरहेका छन्।
उदयपुरमा शुक्रबार १२ र शनिबार एक गरेर १३ जनामा कोरोना पुष्टि भएपछि सरकारले त्यहाँ नमुना संकलनलाई तिब्रता दिएको छ। आइतबार नेपाली सेनाको हेलिकप्टरबाट नमुना संकलनका लागि चिकित्सकको टोली उदयपुर पुगेको छ।
यसअघि काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट आएको पीसीआर रिपोर्टलाई मात्र आधिकारिक मान्दै आएको मन्त्रालयले भेरिफिकेसन दायर पनि बढाएको छ।
‘मन्त्रालयले आइतवारबाट पीसीआर परीक्षणपछिको भेरिफिकेसन दायर बढाएको छ’, मन्त्रालयका प्रवक्ता देवकोटाले भन्नुभयो, ‘पश्चिममा भेरी अस्पताल र पूर्वमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेरिफिकेसन भए निश्चित गरिने छ।’
यो सँगै अब पीसीआर परीक्षणको नतिजाका लागि काठमाडौंको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमिति चार जना नेपाली भने निको भएर घर फकिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म चारजना डिस्चार्ज भएका हुन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक युवक डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या चार पुगेको हो।
यसअघि शनिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा २७ दिनदेखि उपचार गराइरहेकी १९ वर्षीया युवती र बागलुङको धौलागिरी अस्पतालमा १८ दिनदेखि उपचार गराइरहेकी बागलुङ नगरपालिका–३ गौंडाकोटकी ६५ वर्षीया महिला डिस्चार्ज भएका थिए। यसअघि नेपालका पहिलो कोरोना बिरामी गत माघमा डिस्चार्ज भएका थिए।
यता, मन्त्रालयको मोबाइल एप्लिगेशन र वेबसाइडमा स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको सङ्ख्या २० हजार ८३४ पुगेको छ । गत २४ घण्टामा मात्रै थप ७०४ जनाले स्वमूल्याङ्कन गरेका थिए । उनीहरूमध्ये गत २४ घण्टामा थप छ सम्भावित सङ्क्रमित जोनमा रहेका र त्यस्तो जोनमा पुग्नेको सङ्ख्या मुलुकभर हालसम्म २६० जना रहेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ