कोरोना विरुद्ध पार्टी कार्यकर्ता नखटेको देखेपछि प्रचण्ड चिन्तित, बाटोमा हिडेका मजदुरमाथि बल प्रयोग गर्न नहुनेमा जोड

कोरोना विरुद्ध पार्टी कार्यकर्ता नखटेको देखेपछि प्रचण्ड चिन्तित, बाटोमा हिडेका मजदुरमाथि बल प्रयोग गर्न नहुनेमा जोड

  • आइतवार, बैशाख ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

बैशाख ७ काठमाण्डौं । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले कोरोना विरद्ध जनचेतना र पीडितहरुको उद्धार र राहतमा पार्टी कार्यकर्ता परिचालित नभएकोमा गुनासो गरेका छन् । आज कान्तिपुर दैनिकलाई दिएको अन्तवार्तामा अध्यक्ष दाहालले केही प्रदेश र जिल्लामा राम्रै भए पनि समग्रमा कार्यकर्ताहरु सोचे जस्तो परिचालित नभएको स्वीकार गरेका छन् ।
एमाले र माओवादी मिलेर बनेको नेकपामा आठ लाख पार्टी सदस्य रहेको भनिए पनि उनीहरु राहत र उद्धारमा खटेको नदेखिएको गुनासो बढ्दै गएको छ ।
बाटोमा अलपत्र परेका मजदुर, किशानलाई राहत सोचे जस्तो नभएको र पार्टी पक्ति पनि त्यसरी नलागे पछि यस बिषयमा प्रधानमन्त्री ओलीसगँ कुरा गर्ने प्रचण्डले बताएका छन् ।

कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउने आफ्नो प्रस्तावमा जोड दिदै उनले प्रधानमन्त्रीकै नेतृत्वमा त्यो बन्नु पर्ने दोहोर्याएका छन् । यद्यपि, प्रधानमन्त्रीले यस अघि नै त्यस्तो प्रस्ताव खारेज गरीसकेका छन् ।
उनले अब विदेशमा रहेका लाखौँ युवा पनि नेपालमा आउने भन्दै नाफामुखी होईन, जनतामुखी अर्थप्रणाली निर्माण गर्नु पर्ने बताएका छन् ।
दाहालले बाटोमा हिडेका मजदुरमाथि बल प्रयोग गर्न नहुने भन्दै राहत टाठा बाठाले मात्र पाएको भनेर मिडियामा आएको देखिएको बताए ।
उनले चीनबाट स्वास्थ्य सामाग्री खरीद प्रकृयामा भएको अनियमितताको बारेमा आफू गंभीर भएको भनेर प्रधानमन्त्रीले नै भने पछि त्यस अनुसार आशा गरिएको बताए ।
उनले आफू पनि क्वारेन्टाईनमा बसेको र खाना पकाउने, खेल्ने , साईकल कुदाउने, फोन गर्ने , पुस्तक पढ्ने गरेर दिन बिताउने गरेको बताएका प्रचण्डले यस अघि दिनै पिच्छे एक छाक मासु खाने गरेको भनेर टेलिजिनमा दिएको अन्तरवार्तामा बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ