एजेन्सी बैशाख ७ । अमेरीकामा कोरोना महामारीका कारण लागू भएको लकडाउनको विरोधमा बन्दुक बोकेर प्रदर्शन गर्ने क्रम अझै रोकिएको छैन ।
झन ठूलो भीडले विभिन्न राज्यमा बन्दुक भिरेर लकडाउन खोल्न माग गर्दै प्रदर्शन एक साता देखि जारी छ ।
शनिबार पनि सयौं बन्दुकधारी प्रदर्शनकारीले टेक्सासमा लकडाउन फिर्ता गर भन्दै लकडाउनको सुझाव दिने डा. एन्थोनी फौसी लगायतका स्वास्थ्य अधिकारी विरुद्ध पनि नाराबाजी गरेका छन् ।
न्युजर्सीमा भने केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
न्यूह्यामसायर, मेरिल्याण्ड, भर्जिनिया,न्युजर्सी टेक्सास, न्यूयोर्क, मिचिगन लगायतका राज्यमा प्रदर्शच चर्किदै गएको छ ।
अमेरीकी सविधानले बन्दुक राख्न र बोक्न पाउने अधिकार दिएका कारण बन्दुक भिरेर नागरिकहरु आन्दोलनमा उत्रिएका छन् ।
त्याहाँ २ करोड १० लाख बढीको रोजगारी गुमे पछि , लकडाउनले घरैमा बस्नु पर्ने भए पछि मानिसहरु आक्रोसित बन्दै गएका छन् ।
लकडाउनको बिषयमा राष्ट्रपति ट्रम्प र केही राज्यका गभर्नरहरुबीच मतभेद पनि बढेको छ ।
अमेरीकामा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या ३८ हजार नाघेके छ भने ७ लाख ३२ हजार बढी संक्रमित छन् ।