बाग्लुङ्की ६५ वर्षीया छैठौ काेराेना संक्रमित पौडेल निकाे भएर अस्पतालबाट डिस्चार्ज

बाग्लुङ्की ६५ वर्षीया छैठौ काेराेना संक्रमित पौडेल निकाे भएर अस्पतालबाट डिस्चार्ज

  • शनिबार, बैशाख ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

पोखरा, बैशाख ६ ।
कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङका ६५ वर्षीय मनकुमारी पौडेल निको भएर अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसुलेसनमा उपचाररत पौडेलको तेस्रो र चौथो स्वाब परीक्षणमा कोरोना संक्रमण नभएको पाइएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।
डिस्चार्जपछि पौडेलले आफ्नो आत्माबल दरो बनाएर कोरोना भाइरसलाई जित्छु भन्ने अठोट गरेकै कारण संक्रमण मुक्त हुनसकेको प्रतिकृया दिनुभयो ।

छोरीलाई भेट्नका लागि बेल्जियम गएर फर्कदा भाइरस संक्रमण भएको पुष्टी भएपछि अस्पतालका डाक्टरहरुको सल्लाह अनुसार व्यवहार गरेकाले यति छिटो संक्रमणबाट मुक्ति मिलेको र आफु निको उहाँले बताउनु भयो ।

१६ दिनसम्म अस्पतालको आइसुलेसनमा बसेर उपचार गर्दा पर्याप्त मात्रामा पानी पिएको र अस्पतालले दिने खाना, खाजा तथा अन्य औषधीहरु नियमित रुपमा सेवन गरेको पौडेलले बताउनुभयो । आफ्नै घर नजिकको अस्पतालबाटै कोरोनाको उपचारपछि फर्कन पाउँदा खुसी लागेको भन्दै पौडेलले संक्रमण लाग्दै नदिनका लागि सबै उपाय अपनाउन र लागीहालेपनि नआत्तिन सबैलाई आग्रह गर्नुभएको थियो ।

‘मलाई कोरोनाको संक्रमण भएपनि शारिरिक रुपमा कुनै समस्या थिएन, विश्वका हजारौं मानिसको ज्यान लिएको कोरोनालाई जित्छु भन्ने अठोटका कारण ६५ वर्षको उमेरमा कोरोनालाई जितेर घर फर्केको छु ।’ पौडेलले भन्नुभयो ।

धौलागिरी अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन डा. शैलेन्द्र बि. पौडेलले उहाँलाई नियमित दिइरहेका औषधी दिने र दुई साता होम क्वारेन्टाइनमै बस्ने गरी डिस्चार्ज गरिएको बताउनुभयो ।

संक्रमित महिलाका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुको समेत स्वाब परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।
नेपालमा दोस्रो, पाँचौ र छैठौं संक्रमित एउटै विमानबाट नेपालमा आएका थिए । ती मध्य काठमाडौंमा उपचाररत दोस्रो संक्रमित र बागलुङमा उपचाररत छैठौ संक्रमित एकै दिन कोरोना मुक्त भएका छन् ।
पाँचौ संक्रमित युवतीको भने चौथो रिपोर्ट समेत पोजेटिभ आएकाले अस्पतालमा उपचार गराइरहनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ