काेराेना भाइरसः यसरी गरिदैँछ भक्तपुर छिर्ने सवारीसाधनमा डिस इन्फेक्सन स्प्रे(फाेटाे/भिडियाे)

काेराेना भाइरसः यसरी गरिदैँछ भक्तपुर छिर्ने सवारीसाधनमा डिस इन्फेक्सन स्प्रे(फाेटाे/भिडियाे)

  • शनिबार, बैशाख ६, २०७७
  • सिर्जना तिम्सिना

  • 18K
    SHARES

भक्तपुर, ६ वैशाख । कोभिड–१९ को सङ्क्रमण रोक्न नेपाल रेडक्रस सोसाइटी र स्थानीय तहको सहकार्यमा भक्तपुर प्रवेश गर्ने सवारीसाधन कीटाणु निर्मलीकरण अर्थात निसङ्क्रमण गर्न थालिएकाे छ ।

रेडक्रसले भक्तपुर प्रवेस नाका गठ्ठाघर तथा साँगा भज्याङ्ग बाटोमा गुडेका सवारीसाधनलाइ रोकेर डीस्इन्फेक्सन स्प्रे गर्ने गरेको छ ।  दैनिकजसो धेरै संख्यामा सवारी साधना आवत जावत गर्ने मुख्य नाक भएका कारण बिहिवारदेखि रेडक्रसले लकडाउन अवधिभरि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भक्तपुर नगरपालिका र सुर्यबिनायक नगरपालिकाको सहकार्यमा डीस्इन्फेक्सन स्पे गर्न सुरू गरिएकाे रेडक्रस भक्तपुरका सभापति मनाेज थापाले मिर्मिरे अनलाइनलाइ बताए ।

भक्तपुर प्रवेश गर्ने मुख्य दुई नाकाबाट छिर्ने सवारीसाधनको जीवाणु निर्मलीकरण गर्न निसङ्क्रमण शुरु गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेकाे भनाइ छ । प्रमुख नाका अरनिको राजमार्ग सडकअन्तर्गत काभ्रेको साँगा र काठमाडौँको जडीबुटी नाकामा शुरु भएको र केही दिनभित्रै अरनिको राजमार्गकै वैकल्पिक सडकअन्तर्गत भक्तपुर–च्याम्हासिंह–नाला सडक तथा भक्तपुर–काठमाडौँ पुरानो बाटोको पेप्सीकोला नाका भएर मध्यपुरथिमि प्रवेश गर्ने सवारीसाधनलाई नाकामा निसङ्क्रमण गर्ने तयारी भएको उनले जानकारी दिए ।

प्रत्येक नाकामा सम्बन्धित नगरपालिकाले निसङ्क्रमण गर्ने व्यवस्था गर्ने गरी भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले सहयोग र समन्वय गरेका छन् । सवारीसाधनलाई निसङ्क्रमण गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले स्वयंसेवक परिचालन गरेको छ । रेडक्रसका जिल्ला सभापति थापाले भक्तपुर प्रवेश गर्ने जडीबुटी र साँगा नाकामा तीन तीन जना स्वयंसेवक परिचालन गरी सवारीसधानको भित्र र बाहिर जीवाणुनाषक स्प्रे गरेर सवारीसाधनलाई जीवाणुमुक्त बनाउने काम गरेको जानकारी दिए ।

मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाले पनि पेप्सीकोला नाका र नाला नाकाबाट भित्रिने सवारीसाधनलाई निसङ्क्रमण गर्ने तयारी गरेका छन् । रेडक्रसले केही दिनमै यी दुई नाकामा पनि निसङ्क्रमण गर्न शुरु गर्ने सभापति थापाले बताए । रातकाे समयमा पनि सवारी साधन गुड्ने भएकाले राति पनि स्प्रे गर्नेबारेमा छलफल भइरहेकेा बताए ।

भिडियाे 

https://www.facebook.com/sirjanatimsina/videos/2919469844765910/

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ