कोरोनाबारे जनचेतना फैलाउँदा स्वास्थ्यमन्त्रीको ठाडो आदेशमा टेकु अस्पतालका डाक्टरमााथि कारबाही !

कोरोनाबारे जनचेतना फैलाउँदा स्वास्थ्यमन्त्रीको ठाडो आदेशमा टेकु अस्पतालका डाक्टरमााथि कारबाही !

  • शनिबार, बैशाख ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौं, ६ वैशाख ।
नेपालमा पनि कोरोना संक्रमितको सङ्ख्या बढीरहेकाबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका डाक्टर शेरबहादुर पुनमाथि कारबाही गर्नेगरी पत्र पठाएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ठाडो आदेशमा अस्पतालका सरुवा रोग विशेषज्ञ डा. पुनलाई कारबाही गर्न पत्राचार गरिएको स्रोतले जनाएको छ । सो पत्र शुक्रबार टेकु अस्पतालको प्रशासनमा पुगेको छ ।
टेकु अस्पतालको प्रशासन विभाग प्रमुख रुपनारायण खतिवडाले पत्र प्रशासनमा आइपुगेको भएपनि आइतबार मात्रै खोलेर हेर्ने बताए । आफूले शुक्रबार खोलेर हेर्न नभ्याएकाले के व्यहोरा उल्लेख छ भन्ने जानकारी नभएको उनको भनाई छ ।
डा. पुन टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटको संयोजक समेत हुन् । डा. पुनले हाल महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषयमा अनावश्यक रुपमा बोलेको भन्दै मन्त्री ढकाल उनीसँग असन्तुष्ट थिए । तर, डाक्टर पुनले भने आफूले कोरोनाभाइरसबारे जनचेतना फैलाएको बताएका छन् ।
आफूले कोरोनाभाइरसको विषयमा सत्यतथ्य मिडियामा जानकारी गराएको बताउदैँ उनले भने, ‘कसैलाई यसमा चित्त बुझ्दैन भने आफूले भन्नु केही छैन । मैले आफूलाई जानकारी भएको विषय सञ्चारमाध्यममार्फत र अन्य माध्यममार्फत लगातार जनचेतना फैलाउँदै आएको सत्य हो । मेरो नाममा पत्र आएको सुनेको छु । तर त्यसमा के छ मैले हेरेको छैन ।’
उनलाई यसअघि मिडियामा अनावश्यक रुपमा नबोल्न भन्दै मन्त्रालयका केही अधिकारीले दवाव दिँदै आएको स्रोत बताउछ ।
तर, कोरोना भाइरसबारे जनचेतना फैलाउने काममा निरन्तर उनी लागेपछि कारबाही भएको हो । स्रोतका अनुसार उनलाई मन्त्रालयमा तानिएको छ । तर करारका डाक्टर मन्त्रालय तान्नुको औचित्य देखिदैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र श्रेष्ठले पत्र र कारवाहीबारे जानकारी नभएको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ