सामाजीक सञ्जालमा नेताहरुः प्रतिपक्षी सरकारलाई गाली गर्ने, सत्तारुढ प्रतिरक्षामा, एक घण्टामा तीनपटक ट्वीट !

सामाजीक सञ्जालमा नेताहरुः प्रतिपक्षी सरकारलाई गाली गर्ने, सत्तारुढ प्रतिरक्षामा, एक घण्टामा तीनपटक ट्वीट !

  • शनिबार, बैशाख ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

बैशाख ६ काठमाण्डौं । भनिन्छ संसदीय व्यवस्थामा प्रतिपक्षी दल भनेको छाँया सरकार हो ।

देशमा पछिल्लो समय कोरोना संक्रमण बढीरहेको र लकडाउनका कारण मजदुर एवं श्रमजीवी नागरिकको बेहाल भएको स्थितिमा सरकारको आलोचना बढीरहेको छ ।

तै पनि सरकारले प्रभावकारी कदम चाल्न नसकेको आलोचना स्वयं सत्ताधारी दलकै नेताहरुले सार्वजनिक रुपमै गर्न थालेका छन् ।

छायाँ सरकार अर्थात विपक्षी दलका शीर्ष नेताहरु पनि सामाजिक सञ्जालमा सरकारलाई गाली गर्दै बसिरहेको देखिएको छ ।
अहिले भूकम्प, बाढी पहिलो हैन सबै हिड्न सक्ने अवस्था नहोला तर सामाजिक दुरी कायम गर्दै पीडितहरुको समस्या बुझ्न र समाधानका लागि दवाव दिन मातहतका संयन्त्र परिचालन त गर्न सक्थे कि ? त्यतातिर पनि सञ्जालमै आग्रह बाहेक उनीहरुको प्रभावकारी उपस्थिति देखिदैन ।
समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईदेखि काँग्रेस सभापति शेर बहादुर देउवासम्म ट्वीटर र सञ्जालहरुमा प्रतिकृया दिन व्यस्त देखिन्छन् ।
त्यतिधेरै मिडियामा बोल्न नरुचाउने देउवाले एक घण्टामा तीन पटक सम्म ट्वीटर गर्न भ्याएका छन् । यसमा उनले सरकार पैदल हिडिरहेका नागरिकहरुको समस्या समाधान गर्नुको साटो मुक दर्शक भएको देखि कार्यकर्ताहरुलाई सामाजिक दुरी कायम गरेर सहयोग गर्र्न अपील सम्मका छन् ।


त्यसै गरी पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी जो पहिला सत्ताधारी नै थियो तर अहिले विपक्षी बनेको छ , त्यसका अध्यक्ष बाबुराम भट्टराई पनि दिनमा पटक पटक ट्वीट गरीरहेका हुन्छन् ।
उनले पनि सरकारलाई जनताको व्यवस्थापन गर्न नसकेकोमा व्यग्य विरोध गरीरहेका छन् ।
उनले स्वास्थ्य प्रोटोकलले गर्दा भौतिक रुपमा खट्न नमिलेको भन्दै सरकारलाई यी श्रमिकहरुको जागेको दिन पर्खन न भन्दै चेतावनी दिएका छन् ।


अरु नेताहरुले पनि सामाजिक सञ्जालमा निरन्तर सरकार विरुद्ध प्रतिकृयाहरु दिईरहे पछि प्रधानमन्त्री ओलीको सचिवालय पनि के कम ?
सरकारको प्रतिरक्षामा उनले फेसबुकमा यसरी लेखेका छन् ।
राहत नदिए सरकार खोई , दिए नाटक भयो ? हिड्न दिए लकडाउन खै ? लकडाउन गरे घर जान देउ ? भनेर विरोध जनाएका छन् ।

अहिले स्वास्थ्य संवेदनशीलताले पनि आन्दोलन , जुलुश गर्ने समय होईन, सामाजिक सञ्जालको सदुपयोग गर्दै सन्देश फैलाउनु उचित भए पनि सरकार प्रतिपक्ष रचनात्मक सहार्य हुन नसक्दा समस्या अझ बढ्ने देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ