विराटनगरः यस्तो छ कोरोना संक्रमित १२ जनाको पछिल्लो स्वास्थ्य अवस्था

विराटनगरः यस्तो छ कोरोना संक्रमित १२ जनाको पछिल्लो स्वास्थ्य अवस्था

  • शनिबार, बैशाख ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

विराटनगर, बैशाख ६ गते । उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केमा रहेको मस्जिदमा फेला परेका ११ भारतीय र एक नेपाली कोरोना संक्रमितको पछिल्लो अवस्था सामान्य रहेको चिकित्सकहरल्े बताएका छन् । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका उनीहरुको अवस्था जटिल नरहेको उनीहरुले बताए । संक्रमितमध्ये एकजना नेपाली नागरिक विराटनगर निवासी रहेको खुलेको छ ।
कोरोना पुष्टी हुनासाथ मध्यराति उनीहरुलाई एम्बुलेन्सबाट बिराटनगर लगिएको थियो ।
कोरोना पोजेटिभ देखिएपनि उहाँको अवस्था अति सामान्य छ, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्राले भन्नुभयो–चिकित्सकीय निगरानीमा रहनु भएका उहाँमा कुनै लक्षण देखिएको छैन ।
मैले १५ मिनेट जति उहाँहरुसँग प्रत्यक्ष कुराकानी गरें, मेसु मिश्राले भन्नुभयो–उहाँहरुलाई अहिले स्वास फेर्नदेखि रुघाखोकीसम्मको समस्या छैन । संक्रमित १२ जनाले आफूहरुलाई कुनै समस्या नरहेको बताएकाले सामान्य (न्यूनतम) औषधी चलाउन बाहेकको काम गरिएको छैन ।
इन्फेक्सन छ तर विरामीलाई थाहा छैन, र समस्या पनि छैन भने एन्टीबायोटिक चलाउनु पर्ने अवस्था हुँदैन । विशेषज्ञ फिजिसियन डा. दिपक सिग्देलले अहिलेसम्म उनीहरुमा समस्या नदेखिएको बताउँदै बारम्बार चिकित्सकीय निगरानी आवश्यक रहेको बताउनुभयो ।
संक्रमितलाई कुनै लक्षण नदेखिएपनि उनीहरुलाई कुनैपनि समयमा समस्या पर्नसक्ने कुरालाई मध्यनजर राखिएको छ । ८० प्रतिशत संक्रमितको अवस्था सामन्य हुने भएका कारण जोखिम फैलन सक्ने संभावना धेरै हुने मानिएको छ ।
उनीहरुसहित थप चारजनालाई पनि सँगै ल्याइएको छ । संक्रमित को–को हुन् भन्ने कुरा पहिचान गर्न नसकेपछि १६ जनालाई नै ल्याउनु परेको थियो । बाकीँ चार जनालाई टाडी स्थित नेपाली सेनाले निर्माण गरेको क्वारेन्टाईनमा पुर्याईएको छ ।

यसैबीच कोरोना संक्रमितको उपचारमा संलग्न कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अलग्गै बासस्थानमा राखिने भएको छ ।
संक्रमित पुष्टि भएसँगै चिकित्सकको निगरानीमा राखिने उनीहरुलाई हेर्ने स्वास्थ्यकर्मीलाई छुट्टै बासस्थानमा राख्ने तयारी गरिएको हो ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि विराटनगर–७ मा रहेको जैन तेरापन्थको भवनमा वासस्थान मिलाउने भएको हो ।
जैर तेरापन्थी सभा विराटनगरले स्वास्थ्यकर्मी राख्नका लागि भवनका १९ वटा कोठा निःशुल्क रुपमा प्रदेश सरकारलाई उपलब्ध गराउने भएको छ । सुविधा सम्पन्न र विशिष्टहरुका लागि समेत बस्ने गरि निर्माण गरिएको भवनको शुक्रबार सामाजिक विकास मन्त्री जीवन घिमिरे र कोशी अस्पतालका मेसु डा.संगिता मिश्रले अवलोकन गर्नु भएको थियो ।
तरापन्थी सभा विराटनगरका अध्यक्ष जितेन्द्र गोल्छाले विश्वव्यापी महामारीमा जैन धर्मालम्बीहरुको तर्फबाट राज्यलाई गर्नुपर्ने सहयोगको रुपमा भवन प्रयोग गर्न दिने बताउनुभयो । सुविधा सम्पन्न भवन स्वास्थ्यकर्मीका लागि पायक पर्ने स्थानमा समेत रहेको छ ।
सामाजिक विकास जीवन घिमिरेले उपचारमा संलग्न चिकित्सकका लागि सरकारले सबै हिसाबले व्यवस्थापन मिलाउने बताउनुभयो । उहाँले चिकित्सकको सुरक्षासँगै उनीहरुको दैनिक सुविधामा कुनै पनि समस्या उत्पन्न हुन नदिने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ