विपतमा परेका मजदुरलाई तत्काल उद्धार र राहत देउः ट्रेड युनियन महासंघ

विपतमा परेका मजदुरलाई तत्काल उद्धार र राहत देउः ट्रेड युनियन महासंघ

घरबाहिर ननिस्कनु भनेर आदेश दिएर मात्रै सरकारको जिम्मेवारी पूरा हुदैन

  • शनिबार, बैशाख ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

बैशाख ६ काठमाण्डौं । अखिल नेपाल ट्रेड युनियन महासंघले लकडाउनका कारण स्वदेश तथा विदेशमा अलपत्र परेका मजदुरको अविलम्व उद्धार गरी राहत प्रदान गर्न माग गरेको छ ।
ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिंखडाले आज एक विज्ञप्ति जारी गरी कोरोना विरुद्ध लकडाउन अनिवार्य भए पनि आवस्यक तयारी सरकारले नगर्दा मजदुर र नागरिकमा यो समस्या देखा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
“घर बाहिर ननिस्कन आव्हान गरेर मात्र सरकारको जिम्मेवारी पूरा हुन सक्दैन , यस संकटको अन्तराष्ट्रिय घडीमा राष्ट्रिय समस्या हल गर्न,उपलव्ध स्रोत साधनको समुचित प्रयोग गर्न , जनशक्तिको परिचालन र व्यवस्थापन गर्र्न , आम नागरिकको आधारभुत आवस्यकता परिपुर्ति गर्न र जनताले अनुभुति गर्ने गरी जवाफदेहीता अभिव्यक्त गर्न सरकार चुकेको हाम्रो संगठनको ठहर छ”अध्यक्ष सिंखडाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
पैदलै हिडेर घरजादै गरेका , अलपत्र परेका मजदुरको व्यवस्थापन गर्न नसक्नुले सरकार मजदुरप्रति कति गंभीर छ भन्ने कुरा चित्रित गरेको भन्दै संगठनले नेपालभारत सिमामा रहेका मजदुरलाई स्वदेशमा ल्याएर क्वारेन्टाईनमा राख्ने, स्वास्थ्यपरीक्षण गर्ने, स्थानीय तहमा पञ्जीकरण गरी श्रमिकहरुलाई अविलम्ब राहतको व्यवस्था गर्न , स्थानीय कृृषकहरुको उत्पादन र बजार व्यवस्थित गर्ने लगायतका बिषयमा महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
हेर्नुस् विज्ञप्तिः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ