बैशाख ५ काठमाण्डौं । उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ। यो सगैँ प्रदेश एक मा खतरा बढेको छ । त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा लुकेर बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनीहरु आठै जनामा कोशी अस्पतालको स्वाब परीक्षणमा पुष्टी भएको तर टेकुमा थप परीक्षण पछि मात्रै एकीन हुने बताए ।
भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि मंगलबार सुरक्षाकर्मीसहित मस्जिद पुगेको स्वस्थ्यकर्मीको टोलीले उनीहरुको स्वाब नमुना लिएको थियो।
उनीहरुको स्वाब परीक्षणका लागि कोशी अस्पताल विराटनगर ल्याइएको थियो। सबैको रिपोर्ट पोजेटिभ भेटिएको र थप परीक्षण गर्न टेकु पठाईएको छ ।
नेपालमा बीरगञ्ज, कैलाली , उदयपुर लगायत अधिकाश कोरोना संक्रमित भारतीय नागरिक वा भारतबाट आएकाहरुमा देखिएकाले थप जटिलता आउने खतरा बढ्दै गएको छ । सरकारले सीमिामा कडाई गर्दा गर्दे पनि संक्रमित वा मानिसहरु छिर्ने गरेकाले समस्या बढेको हुन सक्ने अनुमान गरिएको छ ।
उनीहरुको रिपोर्ट भने भोली मात्रै आउने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले मिर्मिरेलाई जानकारी दिए ।
यस अघि नेपालमा संक्रमितको संख्या १६ रहेको छ । जस मध्य एक जना निको भएर घर फर्किसकेका छन् ।