सडकमा मान्छे पिकनिक खान गएका हैनन, अविलम्ब राहत देउ :काँग्रेस

सडकमा मान्छे पिकनिक खान गएका हैनन, अविलम्ब राहत देउ :काँग्रेस

  • शुक्रबार, बैशाख ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

कांग्रेसले कोरोना महामारीबाट बच्न आम नेपालीले संघर्ष गरिरहेका बेला सरकारले सुकुम्बासी आयोग गठन गरेको भन्दै आपत्ति जनाएको छ।  अहिलेको महामारीसँग जुध्नुपर्ने बेला सरकार कार्यकर्ता पोस्ने उद्धेश्यले आयोग गठनतर्फ लागेको काँग्रेसको तर्क छ ।

‘गाउँमा बसेका सुकुम्बासीले सरकालाई के प्रश्न गरिरहेका होलान् ?’ सामािजक सञ्जाल मार्फत भिडियोमा पार्टीको धारणा प्रस्तुत गर्दै पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले भने, ‘सुकुम्बासीलाई यति बेला जग्गा होइन जाउलो चाहिएको छ।’ आयोगका लागि अर्बौँ रुपैयाँ बजेट छुट्याउन सक्ने सरकारले तत्काल नागरिकलाई राहत दिन कञ्जुस्याँइ गरेको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ।

काठमाडौं स् नेपाली कांग्रेसले कोरोना भाइरसभन्दा भोकमरीका कारण भयावह स्थिति आउनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ। खाद्यान्न अभावका कारण नागरिकहरु सयौं किलोमिटर पैदल हिँडेर एक ठाउँबाट अर्को ठाउँसम्म जानुपर्ने अवस्था सिर्जना भएको भन्दै कांग्रेसले सरकारलाई तत्काल राहतको व्यवस्थापनमा लाग्न आग्रह गरेको हो।

‘के हामी प्रदर्शनको मितिको पर्खाइमा हौं,’ कांग्रेस प्रवक्ता शर्माले भने, ‘अहिले सडकमा हिडिरहेकाहरु हनिमुन मनाउन होइन, न पिक्निक मनाउन। सबै भोकका कारण हुन्। मान्छे मर्दै गर्दा केबल कोरोनाले मात्र हुँदैन, भोकले पनि मर्छन्। भयावहको स्थिति आउनसक्छ।’

उनले संकटमा प्रतिपक्षी दल सरकारको साथमा रहेको दोहोर्‍याउँदै पैदलै घरतर्फ लागेका नागरिकको व्यवस्थापनका लागि  ‘पहिलो जो जहाँ छन्, तिनिहरुलाई त्यही व्यवस्था गर्ने, दोस्रो, राहत पुर्याउन नसकेपछि अफ्ठ्यारोमा परेका नागरिकलाई उसको घर पुर्याउने हो र तेस्रो न राहत पुर्याउने, न घर पुर्याउने। टुलुटुल हेर्ने।’

‘सयौं किलोमिटरको पैदल यात्रामा हिँडिरहेका छन्। यो भावनामा बग्ने समय होइन। तर यो मृत्यु कुरेर मौन बस्ने समय पनि होइन,’ प्रवक्ता शर्माले भने, लकडाउन सुरु भएको महिना दिन पुगिसकेको छ, डेरामा बस्ने, विद्यार्थी मजदुरहरुको अवस्था के होला  ?लकडाउनका बेला किन हिडिरहेका छन् रु यसबारे बुझ्नुपर्छ।’ उनले सुझाव दिए।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ