घरजाने मजदुरको समस्याप्रति राष्ट्रिय मानवअधिकार आयोगद्धारा सरकारको ध्यानाकर्षण

घरजाने मजदुरको समस्याप्रति राष्ट्रिय मानवअधिकार आयोगद्धारा सरकारको ध्यानाकर्षण

  • बिहिबार, बैशाख ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

बैशाख ४ काठमाण्डौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न गरिएको ‘लकडाउन’का कारण दैनिक ज्यालादारी गरेर खानेहरु घर जाने क्रममा विचल्ली परेकाप्रति सरकारको ध्यानाकर्षण गरेको छ ।
आयोगका सचिव वेदप्रसाद भट्टराईले बिहिबार जारी गरेको प्रेस विज्ञप्तिमा गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउन लामो समय भएका कारण सीमित खर्चबाट जीविका गर्दै आएका मानिस घर जाने क्रममा अलपत्र परेका अनुगमनबाट पाइएको जनाएको छ ।
“सीमित खर्च लिइ घर छाडी हिँडेका नागरिकलाई स्थानीय तहबाट राहत वितरणसमेत हुन नसक्दा बिरामी, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलासहित श्रमिक ठूलो सङ्ख्यामा राजमार्गमा लामो पैदलयात्रा तय गरी दुःख हैरानीका साथ आफ्नो गन्तव्यतर्पm असुरक्षितरुपमा हिँडिरहेका पाइएको छ”, आयोगको विज्ञप्तिमा भनिएको छ, “काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली, धादिङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलालीलगायत कतिपय जिल्लामा सीमा नाकामा कडाइ भई दैनिक हजारौँ नागरिक विचल्लीमा परेको पाइएको छ ।”

अनुगमनका क्रममा काठमाडौँ उपत्यकालगायत देशका विभिन्न शहरी क्षेत्रमा रोजगारीका लागि आएका असङ्गठितरुपमा दैनिक ज्यालादारीमा काम गर्ने मजदूर, स्वास्थ्य उपचारका लागि हिँडेका बिरामी, घर बहालमा बस्ने सीमान्तकृत वर्गका समुदाय थातथलो फर्कने क्रममा बाटोमा अलपत्र परेको अनुगमनबाट देखिएको हो ।

सरकारबाट लकडाउनको अवस्थामा आफू जहाँ बसेको हो त्यही बस्ने भने पनि आवश्यक खाद्य सामग्रीसहितको राहत उपलब्ध हुन नसक्दा मानिसले जोखिमपूर्ण यात्रा गर्नुपरेको देखिएको छ । व्यवस्थित राहत वितरणमा सङ्घ, प्रदेश र स्थानीय तहमा पर्याप्त समन्वयको अभाव देखिन आएको छ । आफ्नो इलाकामा अस्थायीरुपमा बसोवास गर्ने प्रत्येक व्यक्ति र परिवारकोसमेत लगत सङ्कलन गरी प्रदेश सरकार तथा स्थानीय तहले आवश्यकताअनुरुप राहत उपलब्ध गराउन आग्रह गरिएको छ ।

आयोगले विश्वव्यापीरुपमा फैलिरहेको कोभिड–१९ का कारण अनुगमन गर्न आयोगसहित नेपाल बार एसोशियसन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घबीच सहकार्य भई केन्द्रीय तथा प्रदेश समिति गठन भई अनुगमन कार्य शुरु गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ