बझाङ, ४ वैशाख । नेपाल कम्युनिस्ट पार्टी बझाङले लकडाउनका कारण समस्यामा परेका ज्यालादारी मजदुर तथा विपन्न वर्गलाई राहत वितरण गर्ने भनेपनि लक्षीत वर्गले पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
नेकपा बझाङका ईन्चार्ज विराट र सेक्रेटरी हरिलालले बिहिवार विज्ञप्ती जारी गरी सरकारको लाचारीको कारण अहिलेको संकटपुर्ण अवस्थामा आफ्ना नागरिकको उद्वार गर्नुको सट्टा श्रमजीवि नेपाली दाजुभाइ दिदिबहिनीहरु भारत लगायत विदेशी गल्लीमा अलपत्र भएर सरकार बिहिनताको अवस्थामा नारकिय जीवन जिउन विवस भएको जनाईएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकार मानवीय संकट उत्पन्न भैरहेको यस अवस्थामा पुर्व तयारीमा जुट्नुको सट्टा मेडिकल सामग्रीमा समेत करोडौं रकम भ्रष्टाचार गरि जनताको सामु निर्लज्ज साबित भैसकेको छ ।’
केपि सरकारको लाचारीको कारण यस संकटपुर्ण अवस्थामाआफ्नो नागरिकको उद्वार गर्नुको सट्टा श्रमजीवि नेपाली दाजुभाइ दिदिबहिनीहरु भारत लगायत विदेशी गल्लीमा अलपत्र भएर सरकार बिहिनताको अवस्थामा नारकिय जीवन जिउन विवस भएका छन्।
विज्ञप्तिमा बझाङ जिल्लामा हालसम्म स्वास्थ उपचार गर्ने उपयुक्त अस्पताल, प्रयाप्त मेडिकल सामग्री र नियमित सेवन गर्ने औषधिको समेत अभाव हुनु बिडम्बना हो। स्थानीय सरकारका जनप्रतिनिधि भनाउदाहरु राहतको नाममा गुणस्तरहिन मास्क र अधिकांस ठाउँमा३ देखि ५केजि चामल वितरण गरेर प्रचार गरिरहेको बताईएको छ ।
जनताको बाच्न पाउने अधिकारको हनन गरि बिपन्न तथा गरीब परिवारको भावनामा गम्भीर ठेस पुर्याइ रहेको भन्दै नेकपाले सरकारका जनप्रतिनिधि हरु स्वास्थ सामग्री, क्वारेन्टाइन, मास्क र खाद्य सामग्रीको नाममा नक्कली तथ्यांक संकलन गरि भ्रष्टाचार गर्ने, सर्बसाधारण जनता माथि आघात पुर्याइ ब्यक्तिगत धन कमाउने खेलो गरिरहेको पनि आरोप लगाईएको छ ।
साथै जिल्लाका विभिन्न क्षेत्रमा केहि ब्यवसायिहरुले दैनिक उपभोग्य सामग्री लगायत खाद्य संकट सिर्जना गरि महँगिले जनताको ढाड सेकिरहेका पनि नियमन र नियन्त्रण गर्ने निकाय बेखबर रहेको जनाईएको छ ।
लकडाउनको कारण दुर्गम भेग र दैनिकी मजदुरि गरेर खाने जनताहरु रोगको सट्टा भोक र सोकले मर्ने सम्भावना बढी रहेको छ। मानवीय संकटको यस परिस्थितिमा उक्त हर्कतहरु प्रती पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।
ज्यादारी तथा विपन्न वर्गकै हातमा पुग्नेगरी राहत वितरण गर्न पनि माग गरेको छ साथै नेकपाले जिल्लाका विभिन्न वडाहरुमा ३५० भन्दा बढी बिपन्न तथा गरिब परिवारलाई खाद्य सामग्री राहतको रूपमा बितरण गरेको बताईएको छ ।